मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

कतार विश्वकप : यस्तो छ आज हुने खेलको समय तालिका

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै – विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई वटा खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ को ट्युनिसिया र अस्ट्रेलियाबीच नेपाली समय अनुसार दिउँसो पौने ५ बजे खेल हुनेछ ।

अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो । आजको दोस्रो खेलमा समूह ‘सी’ को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे तथा तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच खेल हुनेछ ।

समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । आज राति अर्जेन्टिना र मेक्सिको खेल्दैछन् । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । मेक्सिकोले पहिलो खेल पोल्यान्डसँग बराबरी खेलेको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।