मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

अर्जेन्टिनालाई जितेका साउदी खेलाडीको घमण्ड चकनाचुर भयो आज

Himali Patrika 1 मिनेट पढाइ

१० मंसिर, काठमाडौं । रोबर्ट लेवान्डोस्कीले विश्वकप फुटबलमा डेब्यु गर्दा पोल्याण्डमा कतारमा भइरहेको फिफा विश्वकपमा शनिवार साउदी अरेबियालाई २-० ले पराजित गरेको छ ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डलाई जिताउन लेवान्डोस्कीसँगै पिटर जेलिन्सकीले पनि गोल गरे । जेलिन्स्कीले ३९ औं मिनेटमा लेवान्डोस्कीको पासमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए ।

८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै विश्वकपमा गोलको खाता खोले । पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै शनसनी मच्चाएको साउदीले भने पोल्याण्ड विरुद्ध पेनाल्टीमा पनि गोल गर्न सकेन ।
एक गोलले पछि परेको अवस्थामा साउदीले बराबरी गर्ने अवसर पाएको थियो । तर अर्जेन्टिना विरुद्ध गोल गरेका सालेम हल दावसरी पेनाल्टीमा चुके । उनको प्रहार पोल्याण्डका वेस्जी सेज्नेले बचाएका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा साउदीले पोल्याण्ड भन्दा बढी बल पोसेसन राखेको थियो । गोलका लागि पनि साउदीले नै धेरै अवसर बनाएको थियो । तर फिनिसिङ गर्न सकेन ।

पहिलो खेलमा मेक्सिको विरुद्ध गोलरहित बराबरी खेलेको पोल्याण्डले पहिलो जितपछि अन्तिम १६ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पोल्याण्ड दुई खेलबाट ४ अंक जोड्दै समूह सी को शीर्ष स्थानमा छ ।
साउदी ३ अंकसहित दोस्रो स्थानमा छ ।

पोल्याण्डले अब अन्तिम खेल अर्जेन्टिनासँग र साउदीले मेक्सिकोसँग खेल्नेछ । आजै मध्यरातl अर्जेन्टिनाले गर या मरको खेलमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।