अर्जेन्टिनाको दोस्रो खेल : मेस्सी चम्किदा मेक्सिकोलाई २-० ले पराजित गर्दै पहिलो जित हाँसिल

अर्जेन्टिनाको दोस्रो खेल : मेस्सी चम्किदा मेक्सिकोलाई २-० ले पराजित गर्दै पहिलो जित हाँसिल

आइतबार राती भएको खेलमा मेस्सीले चमत्कारी प्रदर्शन गरेका छन्।  पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा मेक्सिकोलाई २-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।जितसँगै अर्जैन्टिनाले नकआउटको सम्भावना कायम राखेको छ। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा अर्जेन्टिनाले दोस्रो हाफमा कप्तान लियोनेल मेसीको एक गोल र एक असिस्टमा २ गोलको अग्रता बनाएको थियो।

६४ औ मिनेटमा एञ्जल डि मारियाले दिएको क्रसलाई लियोनेल मेसीले करिब २० यार्डबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। उनको यो जारी विश्वकपमा दोस्रो गोल समेत हो।

पहिलो गोल गरेपछि थप आक्रामक बनेको अर्जेन्टिनाले ८७औ मिनेटमा अग्रता दोब्बर बनाएको थियो। मेसीको पासमा इन्जो फर्नान्डेजले गोल गर्दै टिमको जित निश्चित गरेका थिए। जितसँगै अर्जैन्टिनाले निर्णायक खेलमा पोल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ।

Europass CV in Nepal

पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले पराजित भएको थियो। मेक्सीकोले भने पोल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो। पोल्यान्डले शनिबारनै भएको खेलमा साउदी अरेबियालाई पराजित गर्दै ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। साउदी र अर्जेन्टिनाको समान ३ अंक भएपनि अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

अस्ट्रेलियासँग ट्युनिसिया पराजित

विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गरेको हो । अस्ट्रेलियाका लागि २३औं मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक बन्यो ।

यससँगै समूह ’डी’ मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा १ अङ्क रहेको ट्युनिसिया पुछारमा छ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । यस्तै ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो ।

समूह ’डी’ कै फ्रान्स र डेनमार्कको खेल आज राति पौने १० बजे हुनेछ । यस्तै आजको दोस्रो खेलमा समूह ’सी’ को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे खेल्दैछन् ।