मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

मेट्रो, मेट्रो भन्दै कतारमा एक व्यक्ति विश्वभर भारल भए

Himali Patrika 1 मिनेट पढाइ

दोहा। विश्वकप फुटबल हुँदै कुनै न कुनै कुराको विशेष चर्चा हुने गर्दछ। कुनै समयकी गुमनाम गायिका शाकिरा पनि विश्वकप फुटबलकै गीत गएका कारण विश्वभर चर्चा कमाउन सफल भएकी थिइन। हाल कतारमा भैरहेको विश्वकपमा पनि एकजना सामान्य व्यक्तिको विश्वभर चर्चा चुलिएको छ।

अग्लो कुर्सीमा बसेका एक व्यक्तिको हातमा ठुलो लाउड स्पिकर माइक छ। उनले आफ्नो हातको आकार भन्दा ५ गुणा ठुलो पन्जा लगाएका छन्। उनको काम हो फुटबल हेर्न जाने दर्शकका लागि मेट्रो भएको ठाउँ सिकाउने। उनिए त्यहाँबाट मेट्रो स्टेसन भएतिर सिकाउँदै भन्छन् “मेट्रो! मेट्रो! मेट्रो…मेट्रो…मेट्रो…मेट्रो।

मेट्रो गाइडको रुपमा काम गर्ने व्यक्ति अहिले  विश्वभर  ‘मेट्रो म्यान’ को रूपमा परिचित भएका छन् ।  कतारमा फिफा विश्वकपको उत्सवमय वातावरणमा थप्दै एक सामान्य यात्रालाई स्मरणीय यात्रामा परिणत गर्न भाइरल भएको छ।

‘मेट्रो म्यान’ को रुपमा परिचित व्यक्तिको वास्तविक नाम अबु बकर अब्बा हो। अलजाजिराका अनुसार उनी केन्याका नागरिक हुन्। २३ वर्षे अबु बकर अब्बा कतारमा कामको सिलसिलामा आएका हुन्।  उनी यति धेरै भाइरल भएकी  इङ्ल्यान्ड र अमेरिकाबीचको खेलमा पनि विशेष अतिथिको रुपामा फुटबल हेर्न पुगेका थिए  ।

उक्त खचाखच भरिएको अल बायत स्टेडियममा अबु बेकर माइक्रोफोन मार्फत बोल्छन् र कराउँछन् “मेट्रो!” हजारौं फुटबल प्रशंसकहरूको अगाडि पिचमा। बदलामा, भीडले धेरै उत्साहका साथ “दिस वे ”  भनेर दिन्छ।

‘मेट्रो म्यान’ उनको आफ्नै छुटै शैलीका कारण विश्वको ध्यान केन्द्रित गर्न सकेको भन्दै कतारमा सम्मान गरिएको छ। कतार २०२२ आयोजकहरूले पनि फिफा विश्वकपको समयमा यातायातको सहज प्रवाह सुनिश्चित गर्न योगदान गरेकोमा धन्यवाद दिएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।