अब ब्राजिल नेयमार विना नै समूह चरणकाे सबै खेल खेल्नुपर्ने

अब ब्राजिल नेयमार विना नै समूह चरणकाे सबै खेल खेल्नुपर्ने

काठमाडौं । फरवार्ड नेयमार र डिफेन्डर डानिलोले फिफा विश्वकपको समूह चरणका बाँकी खेल गुमाउने भएका छन्। बिहीबार भएको समूह चरणको पहिलो खेलमा चोट बोकेपछि बाँकी खेल गुमाउने भएका हुन्। सर्वियामाथि २–० को जित निकाल्ने क्रममा नेयमारले दाँया खुट्टामा चोट बोक्दै मैदान छाडेका थिए।

टोलीका चिकित्सक रोड्रिगो लास्मारले नेयमारले कम्तीमा पनि दुई खेल गुमाउने बताएका हुन्। सर्वियन डिफेन्डर निकोला मिलेन्कोभिचको खराब ट्याकलका कारण एंकलमा चोट बोकेपछि नेयमारले ८० औँ मिनेटमा मैदान छाडेका थिए।

ब्राजिलकै अर्का खेलाडी ड्यानिलोले पनि खुट्टाकै चोटका कारण खेल गुमाउने छन्। सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ‘ट्याकल’ का कारण दायाँ खुट्टामा चाेट बाेक्दै नेयमार खेलकाे ८० औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

Europass CV in Nepal

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका तस्बिरमा नेयमारकाे दायाँ खुट्टा सुन्निएकाे देखिएकाे छ । अब ब्राजिलले ३० वर्षीय नेयमार विना नै समूह चरणकाे २ खेलमा स्विट्जरल्यान्ड र क्यामरुनसँग खेल्नेछ ।

‘नेयमार र डानिलोले शुक्रबार एमआरआई गराएका थिए र हामीले दुबैको खुट्टामा लिगामेन्टमा क्षति भएको देख्यौं ।’ ब्राजिल टोलीका चिकित्सक रोड्रिगो लास्मारले भने, ‘यो खासै ठुलो समस्या होइन । केही दिन आराम गर्नुपर्ने हुन्छ । उनीहरु यसै साताभित्र नै खेलमा फर्किनेछ ।’

सर्वियाविरुद्धको जितपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले नेयमारले आगामी खेल खेल्न सक्नेमा विश्वस्त थिए । तर, एमआरआई रिपोर्टमा उनीहरुले कम्तीमा पनि एक साता आराम गर्नुपर्ने भएको छ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले विगत केही वर्षयता सोही स्थानमा चोट बोक्दा मैदान बाहिर रहेका थिए । उनले २०१९ कोपा अमेरिका र २०२१ मा पनि केही खेल गुमाएकाथिए ।

नेयमार जारी विश्वकपको एकै खेलमा सर्वाधिक फल गरिएका खेलाडी पनि बने । सर्बियाविरुद्ध ८० मिनेट मैदानमा रहँदा उनीविरुद्ध ९ फल भएको थियो ।