मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

पोर्चुगलको शानदार जित, उरुग्वेलाई २-० गोलले हराउँदै अन्तिम १६ मा पुग्यो

Himali Patrika 1 मिनेट पढाइ

फिफा विश्वकप २०२२ मा पोर्चुगल अन्तिम १६ मा पुगेको छ।
समूह ‘एच’ को आफ्नो दोस्रो खेलमा जित निकाल्ने क्रममा पोर्चुगलले उरुग्वेलाई २-० गोलले हरायो।

यसअघि घानालाई हराएको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुगेको हो।

उरुग्वेलाई पराजित गर्ने क्रममा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे।

उनले खेलको ५४ मिनेटमा गुइरेरोको पासमा पहिलो गोल गरेका थिए।

जिमिनेजले डिबक्सभित्र ह्यान्ड गरेपछि पोर्चुगललाई दिइएको पेनाल्टीलाई फर्नान्डेजले सदुपयोग गरे।

यसअघि पहिलो खेलमा घानालाई हराएको शीर्ष स्थानको पोर्चुगलले समूहमा ६ अंक जोड्यो।

दोस्रो स्थानको घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाले १-१ अंक जोडेका छन्।

अब अन्तिम चरणमा पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वेबीच खेल हुनेछ। पोर्चुगलबाहेक बाँकी तीन टिमलाई अन्तिम १६ मा पुग्न जित आवश्यक छ।

लुसेल रंगशालामा भएको खेलमा पोर्चुगलले हाबी भएको खेलमा पछि परेको उरुग्वेले अन्तिम १६ मा  छनोटको लागि आफ्नो अन्तिम समूह एच खेलमा घानालाई हराउनुपर्छ।

लाडी म्याक्सी गोमेजले पोस्टमा प्रहार गरेका थिए।

दोस्रो हाफमा इन्द्रेणी झण्डा बोकेका र अगाडि ‘सेभ युक्रेन’ र पछाडि ‘इरानी महिलाको सम्मान’ लेखिएको टिसर्ट लगाएका मानिसका कारण केही बेर अवरुद्ध भएको थियो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।