मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 27 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

अर्जेन्टिनालाई हराएका साउदी खेलाडीलाई रोल्स रोयस कार दिने कुरा हल्ला मात्रै

Himali Patrika 1 मिनेट पढाइ

फिफा विश्वकप फुटबल २०२२ को समूह चरणमा अहिलेसम्म भएका खेलमा सर्वाधिक आश्चर्यपूर्ण र अप्रत्यासित नतिजा निकाल्ने टिम बन्यो- साउदी अरेबिया।साउदीले समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई २-१ ले पराजित गरेपछि एकाएक एक समाचार भाइरल बन्यो। जुन क्रम रोकिएको छैन।

फिफा वरियतामा ४९ ‍औँ नम्बरमा रहेको साउदी अरेबियाले विश्वकप दाबेदार अर्जेन्टिनालाई हराएपछि साउदीका राजकुमार मोहम्मद बिन सलमानले टिमका सबै खेलाडीलाई रोल्स रोयस फेन्टोम कार दिने घोषणा गरेको भन्दै उक्त समाचार सामाजिक सञ्जालमा खुब सेयर भएको छ।

एरी न्युज नामक एक भेरिफाइड ट्विट एकाउन्टबाट उक्त समाचार पोस्ट गरिएपछि विश्वभर साउदी राजकुमारको यो कदमका विषयमा अनेकन अड्कलबाजी भइरहेका छन्।लाखाैँ प्रयोगकर्ताले आफ्नो धारणाहरू राखेका थिए। अझै पनि त्यो क्रम रोकिएको छैन। ४ लाख ५० हजार डलरमाथि पर्ने उक्त कारको सत्यताका विषयमा एक पत्रकारले साउदी खेलाडीसँग जवाफ मागेका थिए।

अरब न्यूज नामक एक वेवसाइटले समाचारको फ्याक्ट चेक गर्ने क्रममा यो असत्य भएको बताएको छ। समाचार फेक भएको दावी गरिएको छ। समाचारअनुसार साउदी अरेबिया फुटबल टिमका एक खेलाडी सालेह अलशहरी र प्रशिक्षक हर्वे रेनार्डले पत्रकार कन्फ्रेन्समा भाइरल भइरहेको समाचारको खण्डन गरे।

पत्रकार सम्मेलनका दौरान एक बेलायती पत्रकारले सोधे, ‘पछिल्ला दिनमा तपाईंहरूले अर्जेन्टिनालाई सानदार तरिकाले हराएपछि टिमका हरेक सदस्यलाई रोल्स रोयस गिफ्ट दिने जनाइएको छ। यदि यो साँच हो भने तपाईं कुन कलर छान्नु हुन्छ?

जवाफमा अलशहरी हास्दै भन्छन्, ‘यो होइन, यो कुरा साँचो होइन। हामी यहाँ आफ्नो देशको प्रतिनिधित्व गर्नका लागि आएका हौँ। हामी राम्रो पर्दर्शनकै लागि आएका हौँ। हाम्रा लागि यो नै ठुलो उपलब्धी र पुरस्कार हो।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।