मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

नेपाली झन्डासहित विश्वकप हेर्न कतारमै पुगे गायक बद्रि पंगेनी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं– लोक गायक बद्रि पंगेनी विश्वकप फुटबल हेर्न कतारस्थित रंगशालामै पुगेका छन्।आयोजक कतार र नेदरल्याण्ड्सबीचको खेल हेर्न उनी यतिबेला रंगशालामा छन्।रंगशालामा खिचिएका तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै उनले भनेका छन्, ‘हजारौं सपनामध्ये एउटा सपना पूरा भएको छ।’

उनी नेपालको राष्ट्रिय झण्डा बोकेर दौरा सुरुवालसहित रंगशालामा उपस्थित भएका छन्।गायक पंगेनीले आफूले आयोजक कतारको पक्षमा हुटिङ गर्ने बताए।खेलप्रेमी पंगेनी पोर्चगलका स्टार क्रिस्टियानो रोनाल्डोका फ्यान हुन्

अर्जेन्टिनाका लियोनल मेसीको पनि आफू शुभचिन्तक रहेको उनी बताउँछन्। यद्यपि, उनलाई यसपल्ट इंग्ल्याण्डले जिते हुन्थ्यो लागेको छ। हालसम्मका खेल हेरिरहँदा भने साविक विजेता फ्रान्सले नै जित्न सक्ने सम्भावना देखेका छन् उनले।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।