अर्जेन्टिना जित्नै पर्ने दवाव

अर्जेन्टिना जित्नै पर्ने दवाव

दोहा । अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध भए पनि दोस्रो खेलमा मेक्सिकोमाथिको सहज जितसँगै समूह सी बाट अन्तिम १६ प्रवेशको सम्भावना जीवित राख्यो ।

अन्तिम १६ प्रवेशका लागि आज अर्जेन्टिनाले समूहको शीर्ष स्थानमा रहेको पोल्यान्डको सामना गर्दैछ । दुई खेलमा चार अंकसहित शीर्ष स्थानमा रहेको पोल्यान्डको चार अंक छ भने दोस्रो स्थानको अर्जेन्टिनाको र तेस्रो स्थानको साउदी अरेबियाको समान तीन अंक छ । चौथो स्थानको मेक्सिकोको एक अंक छ ।

अर्जेन्टिनालाई बराबरीमा रोके मात्र पनि पोल्यान्डका लागि नकआउट चरण प्रवेशका लागि पर्याप्त हुनेछ । तर अर्जेन्टिनामाथि भने अन्तिम १६ प्रवेशका लागि पोल्यान्डमाथि जित्नै पर्ने दबाबमा छ । बराबरीले अर्जेन्टिनाको यात्रा समूह चरणमा सीमित हुने सम्भावना रहेको छ ।

Europass CV in Nepal

आजै हुने अर्को खेलमा साउदी अरेबियाले मेक्सिकोको सामना गर्दैछ । मेक्सिकोसँग जितले साउदी अरेबियाको समूह चरणबाट माथि उठ्ने लक्ष्यले पूर्णता पाउने छ । बराबरीको नतिजाले भने साउदी अरेबियाले अर्को खेलमा पोल्यान्डले अर्जेन्टिनालाई हराएको कामना गर्नु पर्नेछ । मेक्सिकोलाई भने समूह चरण पार गर्न साउदी अरेबियाविरुद्ध फराकिलो जितका साथै पोल्यान्डले अर्जेन्टिनालाई हराएको हुनुपर्दछ ।