मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

Himali Patrika 1 मिनेट पढाइ

दोहा । समूह ‘सी’को अन्तिम खेलमा पोल्यान्डलाई २-० को नतिजामा पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको अन्तिम १६ मा पुगेको छ। बुधबार राति 974 र‌ंगशालामा पोल्यान्डविरुद्ध कम्तिमा बराबरीको दबाबसहित मैदानमा उत्रिएको अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

पहिलो खेलमा साउदी अरबसँग २-१ गोलको नतिजामा पराजित हुँदै विश्वकपको सुरुआत गरेको अर्जेन्टिनाले त्यसपछिका दुई खेलमा जितसहित समूह ‘सी’को विजेताको हैसियतमा प्रि-क्वार्टरफाइनलमा स्थान बनाएको हो।

पहिलो हाफमा कप्तान लियोनेल मेसी पेनाल्टीमा गोल गर्न असफल हुँदा अर्जेन्टिनाले अग्रता लिने मौका गुमाएको थियो। तर, एलेक्सिस-म्याक एलिस्टर ले ४८औं मिनेटमा गरेको गोलसँगै दक्षिण अमेरिकी टिमले अग्रता लिएको थियो।

दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाका लागि ६७औं मिनेटमा जुलियन अल्भारेजले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए। अर्जेन्टिनाले समूह ‘डी’को उपविजेता बन्दै अन्तिमत १६ मा पुगेको अस्ट्रेलियासँग खेल्ने छ।

अर्जेन्टिनासँग पराजित भए पनि पोल्यान्डले गोलअन्तरमा मेक्सिकोलाई पछाडी पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। पोल्यान्डले क्वार्टरफाइनल प्रवेशका लागि समूह ‘डी’को विजेता फ्रान्ससँग खेल्ने छ। मेक्सिकोले बुधबार नै भएको खेलमा साउदी अरबसँग २-१ गोलको जित निकाले पनि गोलअन्तरमा पछाडी पर्यो। मेक्सिकोको जितमा लुइस साभेज र हेनरी मार्टिनले एक-एक गोल गरेका थिए। साउदीका लागि सली अलदावसरीले एक गोल फर्काएका थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।