कतार विश्वकप : आज हुँदैछन् चार खेल, यी देश मध्य कसले मर्ला बाजी ?

कतार विश्वकप : आज हुँदैछन् चार खेल, यी देश मध्य कसले मर्ला बाजी ?

१५ मंसिर २०७९ काठमाडौं । विश्वकप फुटबलमा समूह इ र एफका दुई दुई खेल हुनेछन् ।आज समूह इ मा रहेका कोस्टारिका र जर्मनी तथा जापान र स्पेन खेल्दा समूह एफमा रहेका क्यानाडा र मोरोक्को तथा क्रोयसिया र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि अजेन्टिना, अस्ट्रेलिया, फ्रान्स र पोल्याण्ड विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको खेलमा पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

हारेपनि पोल्याण्ड समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । यस्तै डेनमार्कलाई १–० ले हराउँदै समूह डीको उपविजेता बनेर अष्ट्रेलिया १६ वर्षपछि नकआउट चरणमा पुगेको छ । डेनमार्क भने समूह चरणबाट बाहिरिएको छ । मेक्सिकोले साउदी अरेबियालाई २–१ गोल अन्तरले हराएको छ । तर जितेपनि तेस्रो स्थानमा रहेकाले मेक्सिको समूह चरणबाट बाहिरिएको छ ।

Europass CV in Nepal

यता साविक विजेता फ्रान्सले भने हार व्यहोरेको छ । राति भएको खेलमा फ्रान्सलाई ट्युनिसियाले १–० गोल अन्तरले हराएको हो । समूह चरणको अन्तिम खेलमा पराजित भएपनि फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ । जितका बावजुद ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ । सबै खेल नेपालमा हिमालय टेलिभिजन एचडी र हिमालय टेलिभिजन प्रिमियममा प्रशारण हुनेछ ।

 

Europass CV in Nepal