मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रिले खेलाउने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । पुरुष विश्वकप खेलको इतिहासमा पहिलो पटक महिला रेफ्रीले खेलाउने भएका छन्।बिहीबार कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह चरणमा जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीको टिमले खेलाउने छन् ।

स्टेफेनी फ्रापार्ट पुरुष विश्वकप खेलाउने पहिलो महिला रेफ्रि हुनेछिन् ।फ्रेन्च फ्रापार्ट बुधवार मेक्सिको र पोल्यान्डको खेलमा ‘फोर्थ अफिसियल’ चुनिएपछि विश्वकपमा पहिलो महिला अफिसियल बनेकी थिइन् ।

उनलाई मैदानमा बिहीबार ब्रजिलियन न्यूजा ब्याक र मेक्सिकन कारेन डाइज मेदिनाले अलबेट रंशलामा साथ दिनेछन् ।फ्रापार्ट सन् २०२० मा पुरुष च्याम्पियनन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी थिइन् ।

‘मैदानमा हुने दबाब हामीलाई थाहा छ । तर, मलाई के लाग्छ भने हामी आफूलाई परिवर्तन गर्दैनौँ बाहिरी कुरा सुन्दैनौ र मैदानमै केन्द्रित हुन्छौँ’, फ्रापार्टले बीबीसीलाई भनिन् ।

महिला रेफ्री भएकै कारण खेलाडी, म्यानेजर अफिसियलहरुले कमेन्ट गरेका छन् की छैनन्, भन्ने प्रश्नको प्रतिउत्तर गर्दै फ्रापार्टले भनिन्,‘ जबदेखि मैले सुरु गरे मैले टिम, क्लबहरू र खेलाडीहरूबाट धेरै नै साथ पाएकी छु । मैले पुरुष रेफ्री सरहनै रंगशालामा स्वागत पाएकी छु । र, आसा छ यस पटक पनि त्यस्तै हुनेछ ।’ कतार विश्वकपका लागि छनोट भएका ३६ अफिसियल मध्य फ्रापार्ट, र्वान्दाकी सलिमा मुकान्साङ्गा र जापानकी योसिमी यामासिता महिला रहेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।