मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

विश्व कप लिग : नेपाल आज घरेलु टोली नामिबियासँग खेल्दै

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै – विश्व कप लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ ।नामिबियामा हिजोदेखि सुरु भएको शृङ्खलामा नेपालले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल विन्डहोकमा नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।

यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् । नेपालले पर्सि आइतवार स्कटल्यान्डसँग, २१ गते बुधवार फेरि नामिबियासँग र २२ गते बिहीवार स्कटल्यान्डसँग खेल्नेछ । ७ वटा देश सहभागी लिग २ को शीर्ष तीन देश विश्व कप छनोटमा पुग्नेछन् भने शीर्ष ५ देशले एक दिवसीय मान्यता कायम गर्नेछन् ।

नेपाल २० खेलमा १७ अङ्कका साथ छैटाैँ स्थानमा छ । नेपालले १६ वटा खेल खेल्न बाँकी छ । बाँकीमध्ये १० वटा खेल जितेमा शीर्ष ५ मा पर्ने सम्भावना छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।