कतार विश्वकपमा यी टिम पुगे अन्तिम १६ मा, अब हुनेछ यी देशविचमा भिडन्त

कतार विश्वकपमा यी टिम पुगे अन्तिम १६ मा, अब हुनेछ यी देशविचमा भिडन्त

कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणको अन्तिम १६ मा पुग्ने सबै टिमको टुङ्गो लागेको छ। शुक्रबार राति समूह ‘जी’ र ‘एच’को पनि खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण तयार भएको छ।

पहिलो पटक मध्यपूर्वमा जारी विश्वकपबाट थुप्रै अप्रत्यासित नतिजाले रोमाञ्चक बनेको छ, ३२ राष्ट्रले खेल्ने अन्तिम विश्वकप। चार वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोमा ४८ टिमको सहभागिता हुनेछ।

नोभेम्बर २० देखि सुरु भएको विश्वकपबाट समूह चरण पूरा हुँदा धेरै ठूला टिम बाहिरिइसकेका छन्। चार पटकको विश्वकप विजेता जर्मनी, दुई पटकको विजेता उरुग्वे, चार वर्षअघि तेस्रो भएको बेल्जियम लगायतका टिमले यसपाली पहिलो चरण नै पार गर्न सकेनन्। बरु, तुलनात्मकरूपमा कमजोर आँकिएका टिमहरूले प्रि–क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका छन्।

Europass CV in Nepal

को–को खेल्दै ?

शुक्रबार राति अबेर मात्रै समूह चरण सकिए पनि शनिबार रातिदेखि क्वार्टरफाइनल समीकरण सुरु हुनेछ। पहिलो खेलमा समूह ‘ए’को विजेता नेदरल्यान्ड्सले समूह ‘बी’को उपविजेता अमेरिकासँग खेल्दै नकआउट चरण सुरुआत गर्नेछ।

यस्तै, शनिबार राति नै हुने अर्को खेलमा समूह ‘सी’को विजेता अर्जेन्टिनाले समूह ‘डी’को उपविजेता अस्ट्रेलियाको सामना गर्नेछ। आइतबार राति हुने खेलमा समूह ‘सी’को उपविजेता पोल्यान्डले समूह ‘डी’को विजेता तथा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग खेल्ने छ। सोही रात हुने दोस्रो खेलमा समूह ‘ई’को विजेता जापान र समूह ‘एफ’को उपविजेता तथा साविक उपविजेता क्रोएसिया आमनेसामने हुनेछन्।

सोमबार राति हुने खेलमा समूह ‘बी’को विजेता इङ्ल्यान्ड समूह ‘ए’को उपविजेता सेनेगल भिड्नेछन्। मंगलबार राति प्रि–क्वार्टरफाइनलका सबै खेल सकिने छन्। जसअनुसार मंगलबार राति हुने पहिलो खेलमा समूह ‘एफ’को विजेता मोरक्कोले समूह ‘ई’को उपविजेता स्पेनसँग खेल्ने छ। अन्तिम १६ को अन्तिम खेलमा समूह ‘एच’को विजेता पोर्चुगलले समूह ‘जी’को उपविजेता स्विट्जरल्यान्डको सामना गर्नेछन्।

Europass CV in Nepal