मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

हामीले गर्नुपर्ने काम धेरै छन्, टिमकाे ढाेका सबैका लागि खुला रहनेछ : कप्तान सन्दीप लामिछानेले

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफूहरूसँग गर्नका लागि धेरै काम रहेकाे बताएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गएकाे बुधवार कप्तान नियुक्त गरेपछि आज आइतवार सामाजिक सञ्जालमार्फत सन्दीपले यस्ताे बताएका हुन् ।

उनले लेखेका छन्, ‘सबै सहयाेगी देशले हाम्राे पूर्ण समर्थन गरेका छन् । क्यान र आईसीसीसँग छलफल गरेर हामी पूर्ण सदस्य देशकाे रूपमा पुग्नुपर्छ । हामीले गर्नुपर्ने काम धैरै छ र हामी सबै मिलेर जे पनि हासिल गर्न सक्छाैँ ।

यस्तै सन्दीपले टिमलाई अघि बढाउनका लागि सबैका लागि ढाेका खुला रहेकाे बताएका छन् । ‘एक टिमकाे रूपमा हाम्राे याेजना सरल रहनेछ । नेपालकाे क्रिकेटलाई अघि बढाउन हामी एक परिवार, एक टिम, एक इकाइकाे रूपमा खेल्नेछाैँ । यस टिमकाे ढाेका सबैका लागि खुला रहनेछ’, सन्दीपले लेखेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।