मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

गोल्डेन बुटको दौडमा एमबाप्पे सबैभन्दा अगाडी

Himali Patrika 1 मिनेट पढाइ

दाङ, १९ मंसिर । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुटको दौडमा सबै खेलाडीलाई पछाडि पारेका छन् । उनले पोल्याण्डविरूद्ध प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई ३–१ गोलले जित दिलाउन दुई महत्वपूर्ण गोल गरे । उनले ७४ र ९१ मिनेटमा गोल गरेका थिए।

जारी विश्वकपमा उनको यो पाँचौं गोल रहेको छ । गोल्डेन बुटको दौडमा यसअघि ३ गोल गरेका अर्जेन्टिनाका लियोनल मेसी, नेदरल्याण्ड्सका केडी गाक्पो, स्पेनका अल्भारो मोराटा र इंग्ल्याण्डका मार्कुस रासफोर्ड सँगै थिए । तर, पोल्याण्डविरूद्धको खेलपछि एमबाप्पेले उनीहरुलाई पछि पारेका हुन् ।

साविक विजेता फ्रान्सका लागि चार वर्षअघि ४ गोल गरेका एमबाप्पेले २ वटा विश्वकपमा गरेर ९ गोल गरिसकेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।