मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

क्वाटरफाइनलकाे खेलमा शुक्रबार भिड्दै ब्राजिल र क्रोएसियाबीच

Himali Patrika 1 मिनेट पढाइ

दोहा। फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आज बिहान पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम–१६ को खेलसँगै क्वाटरफाइनलमा पुग्ने ८ वटा टोलीको टुंगो लागेको हो ।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार खेल हुनेछ । यो खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे खेल्नेछन् । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ ।

आज बिहान भएको खेलमा स्विट्जरल्याण्डलाई फराकिलो गोलले हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले स्विट्जरल्याण्डलाई ६–१ गोलले हरायो । पोर्चुगलका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो ।

यस्तै गएराति भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्‍याे । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।