मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

कलिलै उमेरमा हाजार्डले लिए अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्न्यास

Himali Patrika 1 मिनेट पढाइ

दोहा । बेल्जियमका प्रभावशाली मिडफिल्डर इडेन हाजार्डले अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका छन्।विश्वकपमा बेल्जियम समूहगत चरणबाटै बाहिरिएपछि हाजार्डले ३१ वर्षकै उमेरमा सन्न्यासको घोषणा गरेका हुन्। यसको मतलब अब उनी बेल्जियमको जर्सीमा देखिने छैनन्। १७ वर्षको उमेरमा सन् २००८ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हाजार्ड बेल्जियमको गोल्डेन पुस्ताका सदस्य हुन्।

उनले बेल्जियमको सिनियर टोलीका लागि एक सय २६ खेल खेलेका छन् भने ३३ गोल गरेका छन्। सन्न्यास घोषणा गर्दे हाजार्डले भनेका छन्, ‘आज एउटा पाना पल्टिएको छ। तपाईँहरूको मायाका लागि धन्यवाद दिन चाहन्छु।’

हाजार्डले स्पेनिस क्लब रियल म्याड्रिडका लागि व्यावशायीक फुटबल खेल्छन्। सन् २०१८ को विश्वकपमा बेल्जियम सेमिफाइनलसम्म पुगेको थियो। त्यतिबेला बेल्जियमलाई १-० गोलले हराएर फ्रान्स फाइनल पुगेका थिए। यसपटक खराब प्रदर्शनपछि बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि पद छाडिसकेका छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।