मुख्य सामग्रीमा जानुहोस्
Friday, 11 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
खेलकुद

स्पेनिस विश्वकपबाट बाहिरिए पछि प्रशिक्षक लुइस एनरिक बर्खास्त

Himali Patrika 1 मिनेट पढाइ

२२ मंसिर, काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् ।विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले एनरिकलाई बर्खास्त गरेको हो ।

संघले निकालेको बिज्ञप्तिमा भनेको छ, ‘लुइस एनरिक र उनको प्रशिक्षण टिमलाई हामी धन्यवाद भन्छौं ।’सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गरिरहेका ५२ वर्षका उनले २०२० को युरो कपमा टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए । स्पेनिस फुटबल संघले अब नयाँ प्रशिक्षक ल्याएर नयाँ योजना थाल्ने बताए पनि समय तोकेको छैन ।

हरेक खेलाडीलाई हजार पटक  पेनाल्टी ड्रिल गर्नलगाउँथे लुइस 

स्पेनका प्रशिक्षक लुइस एनरिकले २०२२ फिफा विश्वकपअघि आफ्नो टोलीका प्रत्येक खेलाडीलाई १ हजार पेनाल्टी शट लिन आग्रह गरेको खुलासा गरेका छन् । “एक वर्ष पहिले स्पेनको एक क्याम्पमा, मैले खेलाडीहरूलाई कम्तिमा १ हजार पेनाल्टीसहित यहाँ आउन भनेको थिएँ,” एनरिकले खेल अघि पत्रकारहरूलाईभनेका थिए । मलाई लाग्छ उनीहरुले तयारी गरेका थिए होलान। यदि तपाईं यहाँ आएर पेनाल्टी अभ्यास गर्ने प्रयास गर्नुहुन्छ भने, यो पर्याप्त हुनेछैन।

यो एक तनावपूर्ण क्षण हो, उनले भने। यो समय हो जब तपाईंले दबाबमा खेल्ने क्षमता देखाउनुपर्छ। यदि तपाईंले एक हजार पटक अभ्यास गर्नुभयो भने, तपाईंले सोचेको तरिकाले पेनाल्टी लिन सक्नुहुन्छ। एनरिकले सेजर एजपिलिकुएटा जापानविरुद्धको चोटबाट निको भइसकेका र खेलअघि सोमबार साँझ सबै २६ खेलाडी प्रशिक्षणका लागि फिट हुने पुष्टि गरेका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।