मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

मोरोक्कोसँग हारेपछि रेफ्रीमाथि आक्रोश

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । मोरोक्कोविरुद्धको क्वार्टरफाइनलमा पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेजले रेफ्रीमाथि आक्रोश व्यक्त गरेका छन् ।

शनिबार कतारको अल थुमामा रंगशालामा भएको खेलमा पोर्चुगल मोरोक्कसँग १–० ले हारेको थियो । यो जितसँगै मोरोक्कोक अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो । यो खेलका लागि फिफाले अर्जेन्टिनी रेफ्री फाकुन्डो टेलालाई मैदान भित्रको जिम्मेवारी दिएको थियो । तर, हारपछि पोर्चुगलका फर्नान्डेजले भने खेलका दौरान अर्जेन्टिनी रेफ्री आफ्नो टिमप्रति पूर्वाग्राही देखिएको बताए ।

“मलाई थाहा छैन यदी उनीहरु विश्वकपको उपाधि अर्जेन्टिनालाई दिन चाहन्छन् । तर, म आफूलाई लागेको कुरा बोल्न चाहन्छु । प्रतियोगिताको उपाधि दौडमा रहेको देशको रेफ्री प्रयोग गर्नु निकै अनौठो हो,” फर्नान्डोले भने, “मैदानमा उनीहरु स्पस्ट रुपमा हाम्रो टिमविरुद्ध देखिन्थे । पहिलो हाफमा मोरोक्कोका खेलाडीले म माथि बक्सभित्र गरेको फाउल स्पस्ट थियो । त्यसमा पोर्चुगलले पेनाल्टी पाउँनेमा शंका नै थिएन ।

फुटबल करियरमा म अहिलेसम्म गोलकिपरसँग एक्लै हुँदा बल प्रहार नगरी लडेको छैन । र त्यसबेला मैले प्रहारको अवसर पाउँथे भने त्यो गोल हुन्थ्यो । हामीले सेमिफाइनल खेल्ने दृढ वाचा गरेका थियौं । र, खेलमा हामी कमजोर पनि थिएनौं । तर अफसोस फुटबलमा हुने यस्ता घटनाले हामीलाई पछि पार्यो ।”

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।