मुख्य सामग्रीमा जानुहोस्
Friday, 11 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
खेलकुद

भक्कानियका रोनाल्डोलाई यसरी सम्हालिन गर्लफ्रेन्ड जर्जिनाले

Himali Patrika 1 मिनेट पढाइ

दोहा। पोर्चुगल विश्वकपको क्वाटर फाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड जर्जिना रोड्रिगुएज पुनः प्रशिक्षक फर्नान्डो सान्तोसमाथि खनिएकी छिन्।रोनाल्डोलाई फेरी सुरुआती-११ मा नराखेपछि जर्जिनाले सान्त्वना दिँदै प्रशिक्षक सान्तोषले गलत निर्णय गरेको उल्लेख गरेकी छिन् ।

खेलपछि भक्कानिएर बाहिरिएका रोनाल्डोलाई सान्त्वना दिँदै जर्जिनाले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्, ‘आज तिम्रो साथी र प्रशिक्षकले गलत निर्णय गरेका छन् ।’प्रशिक्षक सान्तोसले क्वाटर फाइनलमा रोनाल्डोलाई दोस्रो हाफमा मैदान छिराएका थिए। मोरक्कोले पहिलो हाफमै अग्रता लिएको थियो। यसअघि प्रिक्वाटरफाइनलमा पनि सान्तोसले रोनाल्डोलाई सुरुवाती- ११ मा समावेश गरेका थिएनन्। सान्तोषले आफूलाई रोनाल्डोको साथीका रूपमा उल्लेख गर्दै आएका छन्।

रोनाल्डोले सान्तोषको निकै प्रशंसा गर्ने गरेको भए पनि सान्तोषले पछिल्लो समय उनीप्रति गलत निर्णय गर्दै आएको जर्जिनाको भनाई छ। जर्जिना शनिवारको पोर्चुगल-मोरक्को खेल हेर्न मैदानमै पुगेकी थिइन्। तर आफूलाई सुरुवाती-११ मा नराखेपछि रोनाल्डो बेन्चमा निकै निराश देखिन्थे।

‘त्यही मान्छेले तिमीलाई मैदानमा राख्दा धेरै कुरा परिवर्तन भएको थियो तर यो ढिलो भइसकेको थियो’, रोनाल्डोलाई दोस्रो हाफमा मैदान छिराइएपछि आएको परिवर्तन संकेत गर्दै जर्जिना लेख्छिन्, ‘सर्वोत्कृष्ट खेलाडीलाई अन्डरएस्टीमेट गर्न हुँदैन, किनभन्दा सबैभन्दा शक्तिशाली हतियार उनै हुन्छन्। जीवनलाई हामीले पाठ दिन्छ। आज हामीले हारेनौँ, सिक्यौँ। हामी तिम्रो प्रशंसा गर्छौँ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।