मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

मोरक्कोले जितेपछि गायिका साकिरा भन्छिन्, ‘दिस टाइम फर अफ्रिका’

Himali Patrika 1 मिनेट पढाइ

दोहा । विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएको क्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ।

जारी विश्वकपमा ६ खेलमा अपराजित रहेको मोरक्कोले ऐतिहासिक असफलता हासिल गरेसँगै कोलम्बियन सुपरस्टार साकिराले पनि ट्वीटरमा चर्चित ‘वाका वाका’ गीतको लिरिक्स राखेर खुशी साटेकी छन्।

‘दिस टाइम फर अफ्रिका!!’ साकिराले ट्वीटरमा विश्वकप ह्यासट्यागसहित लेखेकी छन्। अविश्वसनीय रूपमा सेमिफाइनल यात्रा तय गरेपछि विश्वभरबाट मोरक्कोले प्रशंसा र बधाई पाइरहेको छ। विश्वको धनाढ्य इलोन मस्क, जर्मनीका पूर्व विश्वकप विजेता मेसुट ओजिल लगायतका चर्चित व्यक्तिहरूले पनि उत्तर अफ्रिकी मुलुकलाई बधाई दिइरहेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।