मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

क्रिस्टियानो रोनाल्डोलाई बेञ्चमा राखेर गल्ति गरिन : प्रशिक्षक फर्नान्डो

Himali Patrika 1 मिनेट पढाइ

दोहा । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले मोरक्कोसँगको अप्रत्यासित हारबाट टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखी भएको बताएका छन्।

उनले रोनाल्डोलाई सुरुवातमै मैदान नउतारेर बेन्चमा राख्ने निर्णय पनि गलत नभएको दाबी गरेका छन्। ‘यो हारबाट खेलाडीहरू निकै दुखित छन्। म सम्पूर्ण पोर्चुगल समर्थकहरूलाई यो भन्न चाहन्छु कि हामी उहाँहरूभन्दा धेरै निरास छौं’, उनले भनेका छन्, ‘हाम्रो टोली उत्कृष्ट थियो। त्यसैले टोलीबाट धेरै अपेक्षा पनि थियो। तर, यो हारले निकै दुखी बनाएको छ।’

क्रिस्टियानो रोनाल्डोलाई सुरुवातमै मैदान नपठाउँदा टोलीमा कुनै असर नपरेको सान्तोसले दाबी गरे। ‘रोनाल्डोका कारण खेलमा कुनै नराम्रो प्रभाव परेको छैन। हामी एकजुट भएर नै अघि बढेका छौं। आजको हारले सबैभन्दा बढी असर रोनाल्डो र मलाई नै गरेको छ’, उनले भने, ‘मलाई लाग्दैन कि रोनाल्डो नखेलाएर हामीले गल्ती गर्‍यौं। मलाई आफ्नो निर्णयमा कुनै दुःख छैन। हामीले खेलको स्थिति हेरेर नै यो रणनीति बनाएका हौं।’

उनले पाएका अवसर सदुपयोग गर्न नसक्दा अप्रत्यासित हार बेहोर्नु गरेको स्पष्ट पारे। ‘हामीले धेरै अवसर पाएका थियौं। तर, त्यसलाई फिनिसिङ गर्न सकेनौं। खेलको सुरुवातमा आवश्यकताभन्दा बढी बल पोसेसनमा राख्न खोज्यौं। जसका कारण आक्रमण बुन्न सकेनौं’, उनी भन्छन्, मोरक्कोको रक्षापंक्तिले पनि उत्कृष्ट खेल खेल्यो।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।