मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

८ वर्षपछि फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना

Himali Patrika 1 मिनेट पढाइ

दोहा । सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना आठ वर्षपछि फिफा विश्वकपको फाइनलमा पुगेको छ। आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपको फाइनलमा पुगेर अर्जेन्टिना जर्मनीसँग पराजित हुँदा उपविजेता बनेको थियो।

लुसेल रंगशालामा मंगलबार राति भएको खेलको ३४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।

त्यसको ५ मिनेट नबित्दै अल्भारेजले गरेको गोलसँगै अर्जेन्टिनाले पहिलो हाफमा २-० को अग्रता लिएको थियो। दोस्रो हाफमा मेसीले बाइ लाइन नजिकबाट दिएको पासलाई ६ यार्ड बक्स भित्र अन्मार्क्ड रहेका अल्भारेजले गोलमा परिणत गर्दै अर्जेन्टिनाका लागि ३-० को जित सुनिश्चित गरे। अर्जेन्टिनाले फाइनलमा उपाधिका लागि फ्रान्स र मोरक्कोबीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।