मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

विश्वकप फाइनलसंगै मेसीले गरे अवकासको घोषणा, अन्तिम खेलबाट सुखद बिदाईको आशा

Himali Patrika 1 मिनेट पढाइ

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै आफ्नो विश्वकप यात्रा सकिने बताएका छन्।मंगलबार राती भएको क्रोएसियाविरूद्धको खेलमा ३-० को जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन्।

‘फाइनल खेलेर मेरो विश्वकप यात्रा टुंग्याउन पाउँदा म खुसी छु,’ मेसीले अर्जेन्टेनी मिडिया डायरिओ डेपोर्टिभो ओलेसँगको कुराकानीमा भनेका छन्।अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न सक्छुजस्तो नलागेको मेसीले उल्लेख गरेका छन्।

‘यो यात्रालाई यसरी (फाइनल खेलेर) नै टुंग्याउनु सबैभन्दा राम्रो हो,’ उनले भनेका छन्।अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन। दुई पटकको विश्व विजेता अर्जेन्टिना यसपालि तेस्रो उपाधिको नजिक आइपुगेको छ। बुधबार राती हुने मोरक्को र फ्रान्सबीचको सेमिफाइनल विजेतासँग आइतबार अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै यही खेलमार्फत मेसी विश्वकपपमा सर्वाधिक खेल खेल्ने जर्मनीका लोथर माथियस (२५) सँग बराबरी गरेका थिए ।सन् २०२२ मा मेसीले हालसम्म टोलीका लागि १६ गोल गरिसकेका छन । यो मेसीको एकै वर्षमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल हो ।

‘२०२६ को विश्वकपका लागि धेरै समय बाँकी छ र मलाई लाग्दैन की म त्यसका लागि सक्षम हुनेछु, त्यसैले मलाई आशा छ यो एक उत्कृष्ट तरिकाले अन्त्य हुनेछ ’ ३५ वर्षिय मेसीले थपे ।

मेसी आफ्नो खेल जिवनको पाँचौ विश्वकप खेल्दैछन । सन् २०१४को फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदा अर्जेन्टिना तथा मेसी उपाधि नजिक पुगेर पनि निराश हुनपरेको थियो ।

विश्वकपको छैटौं पटक फाइनल खेल्न लागेको अर्जेन्टिना यसपटक भने उपाधिका साथ आफ्ना उत्कृष्ट खेलाडी मेसीको सुखद बिदाई दिने लक्ष्यमा छ ।अर्जेन्टिनाले फाइनलमा साबिकको विजेता फ्रान्स र मोरोक्कोबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।