मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

मोरोक्कोबाट उत्कृष्ट प्रदर्शनका बाबजुद फ्रान्सले २-० ले जित्यो

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौै– विश्वकपको सेमिफाइनलमा पहिलो पल्ट प्रवेश गर्ने अफ्रिकी राष्ट्रको इतिहास बनाएको मोरक्कोले डिफेन्डिङ च्याम्पियन फ्रान्सविरूद्ध साहसीक खेल प्रदर्शन गरे पनि २–० को हार टार्न सकेन।

बुधबार राती कतारको अल बायेत रंगशालामा दोस्रो सेमिफाइनलमा पराजित भएपछि मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ भने फ्रान्स लगातार दोस्रो पल्ट विश्वकपको फाइनल प्रवेश गरेको छ।

आइतबार हुने फाइनल खेल उसले अर्जेन्टिनाविरूद्ध खेल्नु पर्नेछ। अर्जेन्टिना मंगलबार रातीको पहिलो सेमिफाइनलमा क्रोएसियलाई ३–० गोलले पराजित गर्दै फाइनल पुगिसकेको छ।

फ्रान्स विश्वकपमा लगातार दाेस्राे पल्ट फाइनल पुग्ने  २० वर्षकाे अवधिमा दाेस्राे राष्ट्र बनेकाे छ। सन् २००२ मा ब्राजिल लगातार दाेस्राे पल्ट विश्वकपकाे फाइनलमा प्रवेश गरेयता कुनै टिमले याे उपलब्धी चुम्न सकेका थिएनन्। युराेपेली देशकाे कुरा गर्दा सन् १९९० मा जर्मनी विश्वकपकाे फाइनलमा लगातार दाेस्राे पल्ट पुगेकाे थियाे।

थुप्रै फुटबल पण्डितहरुले माेरक्काेविरुद्ध सेमिफाइनल खेल एकहाेराे हुने अड्कलबाजी गरेका थिए। तर उसले राम्राे दबाब बनायाे।

माेरक्काेका लागि ५ मिनेटभित्रै गाेल खानु सबैभन्दा खराब क्षण भयाे। चाेटबाट राम्राेसँग तंग्रिन नसकेका कप्तान राेमन साइसलाई प्रशिक्षक वाइद रिग्रगीले प्लेइङ सेटमा स्थान दिनु सबैभन्दा ठूलाे दूर्भाग्य सावित भयाे। ५ मिनेटमा फ्रेञ्च डिफेन्डर थिओ हेन्डर्सनले माेरक्काेकाे गाेल पाेस्टमा बल राम्राेसँग क्लियर हुन नसकेकाे माैकाकाे फाइदा उठाउदै गाेल गरेका थिए। यतिबेला माेरक्कन कप्तानले गाेलकाे दृश्य हेर्नुबाहेक अन्य काम गर्न सकेनन्।

उनलाई २१ मिनेटमा परिवर्तन गर्नु परेकाे थियाे। माेरक्काेले पहिलाे हाफमा गाेल फर्काउन दुई वटा राम्राे प्रयास गरेकाे थियाे। तर त्याे फ्रेञ्च गाेलकिपर कप्तान ह्युगाे लाेरिसका कारण सम्भव भएन। अर्काे एउटा बल ४४ मिनेटमा पाेलमा लागेर फर्किएकाे थियाे।

दाेस्राे हाफपछि पनि माेरक्काेले गाेल फर्काउने थुप्रै प्रयास गर्याे। उसले बललाई लगभग ३५ मिनेट आफ्नाे नियन्त्रणमा राख्याे। केलियन एमबाप्पे, आन्टाेन ग्रेजमन र ओसमाने डेम्बेले जस्ता खेलाडीले काउन्टर अट्याकमार्फत केही मुभ बनाउन खाेजेका थिए।

आजकाे खेलमा जिरुड निस्प्राभी रहे। उनलाई ६५ मिनेटमा निकालिएकाे थियाे। हाकिम जायिच र अचर्फ हाकिमी जस्ता खेलाडीले फ्रान्सकाे फाइनल थर्डमा राम्राे मुभ बनाएका थिए। तर फिनिसिङकाे अभावमा माेरक्काेले गाेल फर्काउन सकेन।

माेरक्कन डिफेन्सले विङमा एमबाप्पेलाई खुलेर खेल्न दिएनन्। ६५ मिनेटमा जिरुडकाे स्थानमा मार्कस थुरामलाई प्रवेश गराइएपछि उनलाई विङकाे भूमिका दिँदै एमबाप्पे सेन्टर मिडफिल्डमा सरेका थिए।

माेरक्काेले गाेलकाे प्रयास गरिरहेकाे बेला एन–नासरीलाई ६६ मिनेटमा निकाल्ने निर्णय पनि प्रभावकारी देखिएन्। बरु उनले फाइनल थर्डमा फ्रेञ्चका डिफेन्डरहरुलाई हल्लाइरहेका थिए।

माेरक्काेले ७९ मिनेटमा अप्रत्यासित दाेस्राे गाेल खायाे, जब सबै खेलाडी फ्रान्सकाे गाेल पाेस्टतर्फ केन्द्रीत भए। ४४ सेकेण्डअघि डेम्बेलेकाे स्थानमा मैदान प्रवेश गरेका रान्डल काेलाे मानीले माेरक्काेकाे डिफेन्स लाइन तित्तरबित्तर भएकाे फाइदा उठाउदै गाेल गरेका थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।