कतार विश्वकपबाट बाहिरिएपछि पूर्व क्लब रियाल मड्रिडमा अभ्यास थाले क्रिस्टियानो रोनाल्डो

कतार विश्वकपबाट बाहिरिएपछि पूर्व क्लब रियाल मड्रिडमा अभ्यास थाले क्रिस्टियानो रोनाल्डो

कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले पूर्व क्लब रियाल मड्रिडमा अभ्यास थालेका छन् ।३७ वर्षीय रोनाल्डोले आफूलाई फिट राख्न रियाल मड्रिडको अभ्यासस्थल प्रयोग गरेको बताइएको छ । गत महिना इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले उनको सम्झौता रद्द गरेपछि रोनाल्डो आगामी जनवरी एकदेखि अन्य क्लबमा आबद्ध हुन खुला हुनेछन् ।

रोनाल्डोले आफ्नो पूर्व क्लब युनाइटेडको व्यवस्थापनप्रति टिप्पणी गर्नुको साथै प्रशिक्षक एरिक टेन हागप्रति आफ्नो कुनै सम्मान नरहेको बताएका थिए । उक्त अन्तरवार्तापछि रुष्ट युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो ।

रोनाल्डोलाई साउदी अरबियन क्लब अल नासेरले ठूलो रकमको प्रस्ताव राखेको बताइएको छ । यद्यपि, रोनाल्डोसँग अर्को विकल्प रहेको बुझिएको छ । रोनाल्डोले मड्रिडस्थित भाल्डवेशमा रहेको रियालको मैदानमा अभ्यास गरिरहेका छन् । उनी रियाल नै फर्किने सम्भावना भने अहिलेसम्म देखिएको छैन ।

Europass CV in Nepal

रोनाल्डो रियालका सर्वाधिक गोल कर्ता हुन् । सन् २००९ मा युनाइटेडबाट रियाल पुगेका उनले चार सय पचास गोल गरेका थिए । साथै सन् २०१८ सम्मको मड्रिडको बसाईमा उनले चार वटा च्याम्पियन्स लिग र दुईपटक स्पेनिस लिगको उपाधि उचालेका थिए । त्यसपछि उनी सन् २०१८ मा इटालियन क्लब युभेन्टसमा आबद्ध भएका थिए ।