मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

विश्वकप फाइनलअघि तनावमा फ्रान्स, टिममा फैलिएको फ्लुबाट तीन खेलाडी ग्रसित

Himali Patrika 1 मिनेट पढाइ

दोहा । फिफा विश्वकपको आइतबार हुने फाइनलको तयारीमा रहेको फ्रेन्च फुटबलमा टिममा फैलिएको फ्लुबाट तीन खेलाडी ग्रसित भएका छन्। मोरक्कोविरुद्ध बुधबार भएको क्वार्टरफाइनलमा सोही फ्लुका कारण एड्रियन राबियो र डायोट उपामेकानो खेलेका थिएनन्।

त्यो दिन टिममा भएर पनि प्रयोगमा नआएका किङ्स्ले कोम्यानलाई पनि फ्लु देखिएपछि फ्रेन्च प्रशिक्षक डिडियर देस्च्याम्प र उनको टेकनिकल टिम तनावमा परेको छ।उपामेकानो भने आइतबारसम्म ठीक हुने आसमा रहेका देस्च्याम्पले सेमिफाइनलपछि आगामी चार दिनमा सबै खेलाडी निको हुने बताएका थिए।

‘अहिलो फ्लुको सिजन छ, त्यसैले हामी सबैले सतर्क हुनुपर्छ,’ देस्च्याम्पले भनेका थिए, ‘खेलाडीहरूले धेरै मेहेनत गरिरहँदा रोगप्रतिरोधात्मक क्षमतामा पनि कमी आएको हुन सक्छ।’

देस्च्याम्पको फ्रान्सले आइतबार राति ८:४५ बजे उपाधिका लागि अर्जेन्टिनाको सामना गर्दैछ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० को नतिजामा पराजित गरेको थियो।

फ्रान्सलाई पराजित गर्न सके अर्जेन्टिनाले १९८६ पछि पहिलो र समग्रमा तेस्रो पटक विश्वकप जित्ने छ। चार वर्षअघि रुसमा विश्व विजेता बनेको फ्रान्स भने १९६२ मा ब्राजिलपछि पहिलो पटक उपाधि रक्षा गर्ने अभियानमा छ। फ्रान्स पनि समग्रमा तेस्रो पटक च्याम्पियन बन्ने तयारीमा छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।