मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

कतार विश्वकपमा कसले जित्ला गोल्डेन ग्लोभ्स, यी हुन् चार दाबेदार

Himali Patrika 1 मिनेट पढाइ

२ पुस, काठमाडौं । फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिने गरिन्छ ।विश्वका उत्कृष्ट गोलकिपरहरुले यो अवार्ड जितिसकेका छन् । जर्मनीका ओलिभकर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफोन, जर्मनीका मानुएल नोएर लगायतले यो अवार्ड जितेका छन् ।

सन् १९९४ को विश्वकपदेखि उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स अवार्ड प्रदान गर्न थालिएको हो । शोभियत रुसका पूर्व गोलकिपर लेभ यासिनको सम्मानमा १९९४ देखि २००६ सम्म यो अवार्ड दिइएको थियो भने त्यसपछि एडिडास गोल्डेन ग्लोभ्स नाम राखिएको हो ।

फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले उत्कृष्ट गोलकिपरको छनोट गर्नेछन् । गाेलकिपरकाे प्रदर्श, सेभ, पेनाल्टीसुटआउट लगायत क्षेत्रलाई हेरेर उत्कृष्ट छनोट गरिन्छ ।जारी विश्वकपमा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म पुगेका चार गोलकिपर उत्कृष्ट बन्ने होडमा अगाडि छन् ।

अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, फ्रान्सका ह्युगो लोरिस, क्रोएसियाका डोमिनिक लिभाकोभिच र मोरक्कोका यासिन बोनोले आफ्नो टिमलाई सेमिफाइनल पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरे ।

यी चारै गोलकिपरमा को उत्कृष्ट बन्ला भन्ने चासो बढेको छ ।क्रोएसियाका लिभाकोभिचले नकआउट चरणमा दुई पेनाल्टीसुटआउटमा क्रोएसियालाई जिताउन उत्कृष्ट प्रदर्शन गरे । उनले जापानविरुद्ध तीन र ब्राजिलविरुद्ध एक पेनाल्टी बचाएका थिए ।

यस्तै बोनो र मराटिनेजले पनि एक पेनाल्टीसुटआउटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दुवैले दुई-दुई पेनाल्टी रोकेका थिए ।फ्रान्सका ह्युगो लोरिसले भने खेलका दौरान पनि केही राम्रा बचाउ गर्दै आएका छन् । उनी फ्रान्सका कप्तानसमेत हुन् । अर्जेन्टिना र फ्रान्स आइतबार उपाधिका लागि खेल्दैछन् ।

पछिल्लो पटक २०१८ मा बेल्जियमका थिबाउट कोर्तवाले गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए । जर्मनीका ओलिभर काहन फिफा विश्वकपमा एकै संस्करणमा गाेल्डेन बल र गाेल्डेन ग्लाेभ्स जित्ने एक्लाे गाेलकिपर हुन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।