मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

कतार विश्वकपमा पुरस्कार राशी ४४० मिलियन डलर

Himali Patrika 1 मिनेट पढाइ

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेल १८ डेसेम्बर अर्थात पुष ३ गते भोलि हुँदैछ । फाइनल खेल अर्जेन्टिना र डिफेन्डिङ च्याम्पियन फ्रान्सबिच हुनेछ । फाइनलको विजेता, उपविजेता र अन्य सहभागि टीमहरुले कति नगद पुरस्कार पाउँछन् त्यो विषयमा अहिले सबैको चासो रहेको छ ।

आइतबार नेपाली समय अनुसार राती ८:४५ बजे शुभारम्भ हुने फाइनल खेलपछि विजेता र उपविजेता टोलीले मात्र नभै विश्वकपमा सहभागिता जनाउने टोलीले पनि करोडौं रुपैयाँ प्राप्त गर्नेछन् । त्यसमा तेश्रो र चौंथो हुने टोलीले अरवौं नगद पुरस्कार पाउने छन् । तेश्रो स्थानका लागि आज (शनिबार) क्रोएशिया र मोरक्कोबिच खेल हुँदैछ ।

कतारको दोहामा रहेको खलिफा स्टेडियममा आज नेपाली समयानुसार राति ८:४५ बजेबाट शुरु हुने प्ले अफमा युरोपियन राष्ट्र क्रोएशियाले अफ्रिकन राष्ट्र मोरक्कोको सामना गर्दैछ । आजको खेलपछि तेश्रो र चौंथो हुने टोलीको टुङ्गो लाग्नेछ ।

यो विश्वकपमा कुल पुरस्कार राशी ४४० मिलियन डलर रहेको छ । यो विश्वकपमा विजेता टोलीले सुनको ट्रफी सहित ४२ मिलियन डलर प्राप्त गर्नेछ । यो सन् २०१८ को विश्वकपमा राखिएको पुरस्कार राशी भन्दा ४ मिलियन डलर बढी हो । त्यस्तै उपविजेताले ३० मिलियन डलर प्राप्त गर्नेछ ।

यसैगरी विश्वकपमा सहभागि सबै ३२ राष्ट्रका टोलीलाई ९.९ मिलियन डलर दिइने छ । यसैगरि प्रि-क्वार्टरफाइनलमा पुगेका टोलीलाई १३ मिलियन डलर र क्वार्टरफाइनलसम्म टोलीलाई १७ मिलियन डलर पुरस्कार प्रदान गरिने छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।