मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

विश्वकप फाइनलमा शाहरुख खानले आफ्नो फिल्म ‘पठान’को प्रमोसन गर्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । कतारमा फिफा विश्वकप फुटबल सुरु भएपछि धमाधम बलिउड सेलिब्रिटी पनि खेल हेर्न दोहा पुगिरहेका छन् । नोरा फतेहीले फ्यान फेस्टिभलमा गत साता प्रस्तुति दिइन् ।

अनन्या पाण्डे, विवेक ओबरायसहित बलिउड स्टार मनपर्ने टिमको खेल हेर्न कतार पुगेका थिए । आइतबार बेलुका हुने फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलमा पनि बलिउडको आकर्षक उपस्थिति हुने भएको छ ।

बलिउड अभिनेता शाहरुख खानले विश्वकपको फाइनल खेलमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पठान’को प्रवद्र्धन गर्ने भएका छन् । प्रोमो भिडियो सार्वजनिक गर्दै शाहरुखले मैदानमा मेस्सी र एम्बाप्पे भिडिरहँदा आफू चाहिं वाइन रोनीसँग विश्वकप स्टुडियोमा हुने बताएका छन् ।

‘मसँग फिफा वल्र्डकप हेर्नुहोस्’ भन्दै शाहरुखले फिल्मको प्रमोसन गरिरहेका छन् । यसअघिका आफ्ना फिल्मलाई आईपीएल लगायतका खेल मेलामा प्रमोसन गरिरहेका शाहरुखले विश्वकप फुटबलको फाइनललाई ‘पठान’ प्रमोसनको अवसरको रुपमा लिएका हुन् ।

पठान माघ ११ गतेबाट प्रदर्शन हुँदैछ । भारतमा भने यो फिल्म बहिष्कारको विवादमा मुछिएको छ । यसको पछिल्लो गीत बेसरम रङमा अभिनेत्री दीपिका पादुकोणले लगाएको बिकिनी र यसको रङलाई लिएर सत्तारुढ भाजपाले विरोध गरिरहेको छ । यसै मेसोमा शाहरुख फिल्म प्रचारका लागि कतार विश्वकपतर्फ सोझिएका हुन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।