मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

फ्रान्सका राष्ट्रपति म्याक्रों, जव एम्बाप्पेलाई सम्हाल्न मैदानमै पुगे

Himali Patrika 1 मिनेट पढाइ

कतारमा आइतबार सकिएको फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। पेनाल्टी सुटआउटमा विजेता छिनोफानो भएको खेलमा फ्रान्सले निकै राम्रो खेलेको थियो। युवा खेलाडी किलियन एम्बाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्स पेनाल्टी सुटआउटमा चुक्यो।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग ४-२ ले हारेपछि लगातार दोस्रो पटक विश्वकप उचाल्ने फ्रान्सको सपना चकनाचुर भयो।अर्जेन्टिनाका खेलाडीले ३६ वर्षपछि च्याम्पियन बन्दाको खुसी मनाइरहेका बेला फ्रान्सका खेलाडी मैदानमा खिन्न हुँदै बसिरहेका थिए।

त्यही बेला एक जना भिभिआइपी व्यक्ति मैदानमा प्रवेश गरे र फ्रान्सका खेलाडीलाई सान्त्वना दिन थाले। हो, उनी फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों थिए। सनसनीपूर्ण भएको खेलमा जब फ्रान्सले गोल हान्थ्यो म्याक्रों आफ्नो सिटबाट उठ्थे र सेलिब्रेसन गर्थे।

अन्तिममा आफ्नो टिम हारेपछि उनी खेलाडीलाई सान्त्वना दिन मैदानमै पुगे। मैदानमा पुगेर उनले एम्बाप्पेलाई थुमथुम्याए। केही समयपछि उनी चेन्जिङ रूममै पुगेर खेलाडीलाई सम्बोधन गरे।

पहिलो हाफमा दुई गोलले पछि परे पनि आफूहरूले दोस्रो हाफमा कमब्याक गरेको र एम्बाप्पे र पूरै टिमले उत्कृष्ट प्रदर्शन गरेको उनले बताए।चेन्जिङ रूमको भिडिओ उनले आफ्नो सामाजिक सञ्जालमा पनि राखेका छन्। म्याक्रों कति फुटबलप्रेमी हुन् भन्ने कुरा उनले एक सातामा गरेको १३ हजार किलोमिटर लामो यात्राले देखाउँछ।

यसअघि उनी मोरक्कोविरूद्धको सेमिफाइनल खेल हेर्न पनि कतार पुगेका थिए। आफ्नो देश फाइनलमा पुगेपछि उनी फेरि आइतबार दोहा आएका हुन्। अलजजिरा टेलिभिजनका अनुसार म्याक्रोंले विश्वकप हेर्न गरेको कतार-फ्रान्स-कतारको यात्रा १३ हजार किलोमिटरको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।