मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

यसरी अर्जेन्टिनी टोलीका केही खेलाडी दुर्घटनाबाट जोगिएका

Himali Patrika 1 मिनेट पढाइ

५ पुस, काठमाडौं । कतारमा आइतबार सम्पन्न विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टोलीका केही खेलाडी दुर्घटनाबाट जोगिएका छन् ।राजधानी ब्युनर्स आयर्समा मंगलबार बिहान परेडका क्रममा खुल्ला बसमा बसेका कप्तान लियोनल मेसीसहित ५ खेलाडीले सम्भावित दुर्घटना टारे ।

मंगलबार बिहानै अर्जेन्टिना पुगेका उनीहरु खुल्ला बसमा परेडमा निस्केका थिए । लाखौं समर्थकको भिडमा खुल्ला बसमा बसेका उनीहरु आफूहरुलाई छुनै लागेको बिजुलीको तारलाई छल्न सफल भए ।

मेसीहसति एन्जल डि मारिया, लिएनड्रो परेडेस, रोड्रिगो डे पउल र निकोलस ओटामेन्डी बसको टपमा बसेका थिए । सार्वजनिक भिडियोमा उनीहरुले अन्तिम समयमा निहुरिएर तारलाई छलेको देखिन्छ ।

आफूहरु तार नजिक पुगेको थाहा पाउने वित्तिकै यी ५ खेलाडी निहुरिएका थिए । आइतबार सम्पन्न फाइनलमा अर्जेन्टिनालाई साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।