मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

क्रिकेटर साहिद अफ्रिदीकी छोरीको बिहे कोसंग हुँदै छ ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । पाकिस्तानी युवा क्रिकेटर साहिन साह अफ्रिदी र लिजेन्ड साहिद अफ्रिदीबीच पारिवारिक साइनो गाँसिने भएको छ । साहिदकी छोरीसँग साहिनले विवाह गर्न लागेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो समय पाकिस्तानका सबैभन्दा सफल बलरका रुपमा परिचित साहिन र साहिदकी छोरी आन्सा अफ्रिदी अफेयरमा थिए । उनीहरुको इन्गेजमेन्ट दुई वर्षअघि नै भएको थियो । अहिले दुवैको परिवार बसेर आगामी फेब्रुअरी ३ मा विवाह गर्ने तय गरिएको समाचारमा जनाइएको छ ।

साहिनले आफू साहिदकी छोरीसँग विवाह गर्न इच्छुक रहेको सार्वजनिक रुपमै बताएका थिए । साहिदले पनि साहिनलाई आफ्नो ज्वाइँ बनाउन लागेको पुष्टि गरेका थिए । विवाहको प्रस्ताव साहिनको परिवारले गरेको थियो र साहिदले स्वीकारेका थिए । साहिन अहिले आफ्नो शल्यक्रियाले गर्दा मैदान बाहिर छन् । अहिले पाकिस्तानमै भइरहेको इङ्ग्ल्यान्डविरुद्धको श्रृंखला उनले खेल्न पाएनन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।