मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

फिफा अध्यक्ष इन्फान्टिनोका अनुसार कतार विश्वकपबाट फिफाले कमायो यति धेरै आमदानी

Himali Patrika 1 मिनेट पढाइ

विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले २३ औं संस्करणको विश्वकपमा समावेश हुने केही योजना बताएका छन् । उनले २०२६ हुने विश्वकपमा फिफाले एउटा समूहमा ३ टोली मात्र राख्ने योजना बनाइरहेको बताए । कतारमा जारी विश्वकपमा एउटा समूहमा चार टिमले प्रतिस्पर्धा गरेका थिए ।

फिफाले यसअघि नै २०२६ को विश्वकपमा ३२ बाट बढाएर ४८ राष्ट्र राखिने घोषणा गरिसकेको छ । प्रस्तावित योजनाअनुसार सहभागी ४८ टोलीलाई पहिलो चरणमा १६ समूहमा विभाजन गरिने छ  । उक्त संरचनाअनुरूप प्रत्येक समूहबाट शीर्ष दुई टोली छनोट गर्दा ३२ राष्ट्र नकआउट चरणमा प्रवेश गर्नेछन् । यसअघिका विश्वकपमा परम्रागत रूपमा एउटा समूहमा चार टोली रहँदै आएको थियो ।

कतार विश्वकपको पहिलो चरणको रोमाञ्चक सफलताले आफूहरू एउटा समूहमा तीन टोलीमात्र राख्ने कुराको पुनर्विचारमा प्रेरित भएको इन्फान्टिनाले जनाए  । कतार विश्वकपमा समूह चरणका धेरै खेल रेफ्रीले अन्तिम सिटी नफुकेसम्म को टोली छनोट हुने निर्णयका लागि कौतूहल र रोमाञ्चक बनेको थियो ।

‘एउटा समूहमा चार टोलीको प्रतिस्पर्धा निश्चय नै अविश्वसनीय रह्यो । अन्तिम खेलको अन्तिम मिनेटसम्म यसले रोमाञ्चकता दिएको थियो,’ अध्याक्ष इन्फान्टिनोले दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब हामीले यो ढाँचालाई पुनः हेर्नुपर्छ वा कम्तीमा फेरि छलफल गर्नुपर्छ, चाहे त्यो ३ टोलीको १६ समूह होस् वा ४ टोलीको १२ समूह । यो आगामी केही साता एजेन्डा हुनेछ ।’

इन्फान्टिनोले सन् २०२६ को विश्वकपलाई युरोपियन च्याम्पियनसिपको मोडलमा ल्याउन खोजिएको पनि जनाए  । युरोपियन च्याम्पियनसिपमा ६ समूहमा ४–४ टोली राखिएको हुन्छ । समूहका शीर्ष दुई टोलीसहित चार शीर्ष तेस्रो हुने टोलीले पनि नकआउट चरणमा खेल्ने गरेका छन् । चार वर्षपछिको विश्वकप तीन देश अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन् ।

अध्यक्ष इन्फान्टिनोले विश्वकपमा राष्ट्र विस्तार गर्दा फिफालाई आर्थिक लाभ हुने बताए । यस विश्वकपबाट फिफालाई ७ अर्ब ५० करोड डलर नाफा भएकोमा विश्वकप सहभागी संख्या बढाएकाले पनि २०२६ मा ११ अर्ब डलर नाफा हुने प्रक्षेपण गरिएको छ । अर्को विश्वकपदेखि सहभागी राष्ट्रको संख्या बढाइएको, रंगशाला निर्माणको पूर्वाधार र उत्तर अमेरिकी बजारको आकारका कारण आम्दानीको स्रोत बढ्न लागेको इन्फान्टिनोको भनाइ छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।