मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

फ्रान्सका पूर्व फुटबलर भन्छन, अर्जेन्टिनाका गोल किपर मार्टिनेज फुटबलका सबैभन्दा घृणित व्यक्ति

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । फ्रान्सका पूर्व डिफेन्डर आदिल रामीले अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजलाई फुटबलको सबैभन्दा घृणित व्यक्तित्वको संज्ञा दिएका छन् ।कतारमा हालै सम्पन्न विश्वकप २०२२ को फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।

उपाधि जितेपछि मार्टिनेजले अर्जेन्टिनामा विजय उत्सब मनाउने क्रममा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेको रोहिरहेको फोटो गुडियामा टाँसेर बोकेका मार्टिनेजले उनलाई ट्रोल गरेका थिए ।

उनले बोकेको त्यो पोस्टरको विश्वसमर्थकमाझ ठूलै आलोचना भइरहेको छ । त्यत्ति मात्रै हैन अर्जेन्टिनामा समर्थकले एम्बाप्पेको फोटो समेत जलाएका थिए ।त्यसैको आक्रोशमा उनले इन्स्टाग्राममा फ्रन्चमा रामीले लेखेका छन्,‘मार्टिनेज फुटबलका सबैभन्दा घृणित पात्र,’।

यस्तै, उनले अर्को स्टोरीमा मोरक्कोका गोलकिपर बुनोउको फोटो राख्दै ‘गोल्डेन ग्लभ’ उनी हुन् भनेर लेखेका छन् । यसको मतलब रामी मार्टिनेजले गोल्डेन ग्लभ पाएकोमा पनि सन्तुष्ट देखिएका छैनन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।