मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

विश्वकप फाइनल पुनः खेलाउन माग गर्दै फ्रान्सेली समर्थकले गरे हस्ताक्षर संकलन, रेफ्रीले अनेकौं गल्ती गरेको आरोप

Himali Patrika 1 मिनेट पढाइ

फाइनल खेल अतिरिक्त समयमा पुग्दा पनि ३–३ गोलको बराबरीमा रहेपछि पेनाल्टी शूटआउट गराउनुपरेको थियो ।खेल हारेपछि फ्रान्सका समर्थकहरूले अन्लाइन निवेदन वेबसाइट मेसओपिनियन्समा आफ्नो नाम चढाएका छन् । अर्जेन्टिनाले दुईपटक गोल गर्दा रेफ्रीलाई धोका दिइएको उनीहरूको भनाइ छ ।

फ्रान्सका उस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डी मारियालाई बक्स एरियामा लडाएपछि लियोनल मेसीले पेनाल्टीमा गोल गरेका थिए । तर फ्रान्स समर्थकहरू त्यो पेनाल्टी दिन नमिल्ने बताउँछन् किनकि दुई खेलाडीबीचको कन्ट्याक्ट एकदमै हलुका मात्र भएको थियो । डी मारिया खासै केही नभइकनै डी बक्समा लडेको उनीहरूको तर्क छ ।

त्यस्तै अर्जेन्टिनाको दोस्रो गोल पनि समस्याग्रस्त रहेको निवेदकहरूको भनाइ छ । क्रिस्टियन रोमेरोले मैदानको एक छेउमा किलियन एम्बाप्पेलाई लडाएको उनीहरूले दाबी गरेका छन् ।

त्यसपछि अर्जेन्टिनाले गरेको काउन्टर अट्याकका कारण बल मैदानको अर्को कुनामा पुगेको थियो अनि डी मारियाले गोल गरेका थिए । पोल्यान्डका रेफ्री सिजमन मार्सिनियाकले फाइनलको दबाब खेप्दै राम्रो खेल खेलाएको भनी प्रशंसा गरिएको छ । तर फ्रान्सेलीहरू रेफ्री पूरै बिकेको आरोप लगाइरहेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।