मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

कडा सुरक्षाको घेरा पार गर्दै फाइनल खेलको मैदान प्रवेश गर्ने ‘साल्ट बे’माथि फिफाले अनुसन्धान गर्ने

Himali Patrika 1 मिनेट पढाइ

कतार विश्वकप २०२२ को फाइनल खेलपछि मैदानमा उपस्थित भएका चर्चित टर्किस सेफ नुस्ररेट गोक्सी (साल्ट बे)माथि विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले अनुसन्धान गर्ने भएको छ ।

कडा सुरक्षा घेरा पार गर्दै मैदान प्रवेश गरेका बेको चर्काे आलोचना भइरहेको छ । गत आइतबार दोहामा सम्पन्न फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन भएको थियो । निर्धारित समयको ९० र अतिरिक्त ३० मिनेटको समयमा ३–३ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो ।

फाइनलपछि बेले सामाजिक सञ्जालमा विश्वकप समापन समारोहको तस्बिर सार्वजनिक गरेका थिए । साथै, अर्जेन्टिनाका लियोनल मेसीसहित अन्य खेलाडीसँग खिचेको तस्बिर राखेका थिए । विश्वकपको समापन समारोहमा मैदानमा जान खेलाडी र फिफाका पदाधिकारीलाई मात्रै अनुमति छ । तर, सेफ बे मैदानमै गएर तस्बिर राखेपछि फिफाको चर्काे आलोचना भएको हो ।

बेले विश्वकपको सुरुवातमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनो, ब्राजिलका रोनाल्डो, काफु र रोबर्टाे कार्लाेससँगका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । विवादमा आएपछि फिफा अध्यक्ष इन्फान्टिनोले बेलाई इन्स्टाग्राममा ‘अनफलो’ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । साल्ट बेलाई इन्स्टाग्राममा ५० मिलियनले फलो गरेका छन् । सन् २०१७ पछि चर्चामा आएका बेले पछिल्लो समय खेलाडी र विभिन्न सेलेब्रिटीसँग भिडियो बनाउँदै सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।