मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

आफ्नै विश्वकप विजयसम्मको यात्राबारे रेडियो प्रसारण सुनेर रोए मेसी

Himali Patrika 1 मिनेट पढाइ

आफ्नो विश्वकप विजयसम्मको यात्राबारे एक अर्जेन्टिनी रेडियोमा प्रसारण भएको कार्यक्रम सुनेर लियोनल मेसी रोएका छन् । अर्जेन्टिनी पत्रकार हर्नान क्यासियारीले रेडियोमा ‘लियोनलको सुटकेस’ शीर्षकमा संघर्षका कथा सुनाएका थिए ।

एन्डी कुस्नेट्जोफले सञ्चालन गरेको कार्यक्रममा क्यासियारीले बार्सिलोनामा मेसीका सुरुवाती दिन तथा सन् २०१६ मा राष्ट्रिय टिमबाट उनले लिएको छोटो समयको सन्न्यासबारे पनि बोलेका थिए ।आफ्नी श्रीमतीसँगै बसेर यो प्रस्तुति सुन्दा आँखाबाट आँसु आएको मेसीले बताएका छन् । उनले यस रेडियो कार्यक्रम सुनेपछि ह्वाट्सएपमार्फत क्यासियारीलाई उक्त सन्देश पठाएका हुन् ।

पत्रकार क्यासियारीले जीवनको १५ वर्ष स्पेनमा बिताएका थिए । त्यहाँ उनले बार्सिलोना फुटबल क्लबको युवा टोलीबाट खेल्दा मेसीले गरेका गोलहरू प्रत्यक्ष नियालेका थिए । ‘त्यहाँ दुईखाले आप्रवासी थिए– ती जसले आफ्नो सुटकेसलाई स्पेन आउनासाथ दराजमा थन्क्याउँछन् र हामीजस्ता व्यक्ति जसले त्यसलाई बाहिरै राख्छौँ,’ क्यासियारीले हाँस्दै रेडियोमा भने । मेसीले कसरी स्पेनिस बोलीचाली अँगालेनन् र सधैँ अर्जेन्टिनी लवजलाई प्रयोग गरे भन्ने पनि उनले स्मरण गरेका थिए ।

मेसी पिएसजी सम्झौता नजिक

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न सहमत भएका छन्। बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन्। कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन्। मेसी विजयी र्‍यालीमा सहभागी छन्। मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ।

खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे। मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए। यसै सिजन मेसीको सम्झौता सकिँदै छ। यद्यपि, दोहामा पिएसजी अध्यक्ष नासेर अल खेलाफीसँग मेसीले बार्ता गर्दै क्लबमै रहने बताएका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।