बिरामी बुवा पेलेसँग सुतिरहेको तस्विर पोस्ट गर्दै छोरी केलीले लेखिन भाबुक पोस्ट

बिरामी बुवा पेलेसँग सुतिरहेको तस्विर पोस्ट गर्दै छोरी केलीले लेखिन भाबुक पोस्ट

शरीरका विभिन्न अंगले काम गर्न छाड्दै गएपछि सिकिस्त महान फुटबलर पेलेलाई हेर्न उनको परिवार अस्पतालमा भेला भएको छ । इज्रायलिटिया अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत ८२ वर्षीय पेलेलाई हेर्न छोरीहरु फ्लाभिया र केलीसँगै छोरा एडिन्हो पुगेका छन् । उनीहरुले अस्पतालमै पेलेसँग क्रिसमस मनाउँदैछन् ।

केलीले बुबासँग सुतिरहेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकी छन्- सँगै अर्को रात ।

पेलेको मुटु र किड्नीमा समस्या देखिएको छ भने क्यान्सर पनि बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एडिन्होले सामाजिक सञ्जालमा बुबाको हात समाउँदै लेखेका छन्, ‘बुबा… मेरो शक्ति तपाईंको हो ।’

Europass CV in Nepal

पेलेलाई पछिल्लोपटक गत नोभेम्बर २९ तारिखमा अस्पताल भर्ना गरिएको थियो । उनको किमोथेरापी भइरहेको छ । अस्पतालले पेलेलाई थप सघन उपचार आवश्यक रहेको उल्लेख गरेको छ ।

तीन पटकको विश्वकप विजेता उनी सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन् । उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन् ।

गत वर्ष पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण “एक प्रकारको डिप्रेसन” सँग लडिरहेको बताएका थिए । पेलेले २१ वर्षको व्यावसायिक करियरमा १,३६३ खेलमा १,२८१ गोलको विश्व रेकर्ड बनाएका छन् । उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए र ७७ अन्तर्राष्ट्रिय स्तरमा गोल गरेका थिए ।