मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

रोनाल्डो र मार्टिनेज विश्वकपका ‘फ्लप’ खेलाडीको सुचिमा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डो दोहामा सम्पन्न कतार फिफा विश्वकप २०२२ ‘फ्लप’ सुचिमा समावेश भएका छन् । डेली मेलले निकालेको खराब सुचिमा रोनाल्डोसहित विश्वविजेता अर्जेन्टिनाका स्ट्राइकर लौटारो मार्टिनेज रहेका छन् । दुबै खेलाडीको लागि कतार विश्वकप संझनयोग्य रहेन ।

रोनाल्डोले विश्वकपमा जम्मा एक गोल गरेका छन् । प्रशिक्षक फर्नान्डो सान्तोषसँग सम्बन्ध सुमधुर नभएपछि ३७ वर्षीय रोनाल्डो अन्तिम दुई खेलमा ‘प्लेइङ सेट’ बाहिर थिए । स्विजरल्यान्डसँग प्रिक्वार्टरफाइनल र मोरक्कोसँग क्वार्टरफाइनलमा रोनाल्डो बेन्चबाट सुरु गरेका हुन् । मोरक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो ।

यसैगरी मार्टिनेज विश्वकप खराव प्रदर्शन गर्ने सुचिमा छन् । समूह चरणको सुरुवाती दुई खेल (साउदी अरेबिया र मेक्सिको) विरुद्ध प्लेइङ सेटमा स्थान बनाएपछि बेन्चमा सिमित थिए ।

प्रशिक्षक लियोनल स्कालोनीले मार्टिनेजको स्थानमा जुलियन अल्भारेजलाई मौका दिएका हुन् । अल्भारेजले चार गोल पूरा गरे । इन्टर मिलानबाट व्यवसायिक फुटबल खेलिरहेका मार्टिनेजले अर्जेन्टिना विश्वच्याम्पयन हुँदा एक सय ४८ मिनेट मैदान बिताउँदा गोलविहिन रहे । यसैगरी चेल्सी गोलरक्षक तथा सेनेगलका खेलाडी इडोआर्ड मेन्डी, अमेरिकाका राइट ब्याक सर्जियो डेस्ट, पोल्यान्डका कामिल ग्लिक ‘फ्लप’ सुचिमा समावेश छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।