मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

विश्वकपमा मेस्सी लगाएको कालो कपडा ‘बिष्ट’ लाई १० लाख डलरमा खरिद गर्ने अफर

Himali Patrika 1 मिनेट पढाइ

अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को उपाधि जितेपछि विश्वकप ट्रफी उचाल्नुअघि कतारका शेख अमिरले कप्तान लियोनल मेस्सीलाई कालो कपडा अर्थात ‘बिष्ट’ पहिर्याई दिएका थिए ।अहिले उक्त ‘विष्ट’ को डिमाण्ड एक्कासी बढेरको छ । ओमानका एक वकिलले उक्त ‘बिष्ट’ १ मिलियन डलरमा खरिद गर्ने अफर दिएपछि बिष्टको डिमाण्ड एक्कासी बढेको हो ।

ओमानका वकिल अहमद अल बरवानीले हालै लियोनल मेस्सीसँग यस्तो प्रस्ताव राखेका हुन् । साथै ति वकिलले यदि मेस्सी उक्त बिष्ट आफुलाई दिन चाहे १ मिलियन डलर दिन तयार भएको बताएका छन्।

ओमानका वकिल बरवानीले ट्वीट गर्दै सम्पूर्ण विश्वको सामू यस्तो अफर दिएका हुन् । बरवानीले यस्तो प्रस्ताव राखेपछि विश्वभरि यसको चर्चा हुदै डिमाण्ड समेत बढ्दै गएको छ। कतारमा बिष्टको आफ्नै मूल्य, मान्यता र विशेषता छ ।

डि मारियाले कोपा अमेरिकासम्म अर्जेन्टिनाको राष्ट्रिय टीमबाटै खेल्ने

अर्जेन्टिनाका स्ट्राइकर डि मारियाले आफ्नो सन्यासको घोषणामा पुनर्विचार गर्ने भएका छन् । कतारमा सम्पन्न फिफा विश्वकप २०२२ शुभारम्भ हुनुअघि उनले विश्वकपछि सन्यास लिने घोषणा गरेका थिए।

कतार विश्वकपमा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि मारियाले आफ्नो सन्यासको घोषणामा पुनर्विचार गर्ने जनाएका हुन् । ३४ वर्षीय मारियाले कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

डि मारियाले अर्जेन्टिनाको फुटबल टीमलाई सन्तुलित बनाउन र आगामी सन् २०२४ मा आयोजना हुने कोपा अमेरिका फुटबलसम्म टीम रहने मनसाय प्रकट गरेका छन्।डि मारियाले यस्तो धारणा राखेपछि उनी कोपा अमेरिका फुटबल २०२४ सम्म अर्जेन्टिनाको राष्ट्रिय फुटबल टीमवाट खेल्न सक्ने सम्भावना बढेर गएको छ । मारिया अहिले युवेन्टसवाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।