मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा घाइते

Himali Patrika 1 मिनेट पढाइ

भारतीय विकेटकिपर–ब्याटस्म्यान ऋषभ पन्त कार दुर्घटनामा परेर घाइते भएका छन्। उनी उत्तराखण्डको हरिद्वार जिल्लामा दुर्घटनामा पर्दा सामान्य घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

दिल्ली–देहरादुन हाइवेमा पन्त सवार कार डिभाइडरसँग ठोक्किएपछि उनी घाइते भएको समाचारहरुमा उल्लेख छ।‘ऋषभ पन्त मन्ग्लौर नरसानको बीचमा दुर्घटनामा परेका छन्,’ ट्वीटमा भनिएको छ, ‘उनलाई रुरकीको एक अस्पतालमा सामान्य उपचारपछि देहरादुन लगिएको छ।’

‘ऋषभ पन्तका लागि प्रार्थना, सौभाग्यबस् उनी खतरामुक्त छन्,’ पूर्व खेलाडी भीभीएस लक्ष्मणले ट्वीट गरेका छन्। पन्त आफैंले चलाइरहेको कार दुर्घटनामा परेको र दुर्घटनाग्रस्त भएपछि आगलागी सुरु भएको कारको झ्याल फुटाएर पन्त बाहिर निस्किएको समाचारमा उल्लेख छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।