मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

फेरी विकेट लिन सकेनन् नेपालका लेग स्पिनर सन्दीप लामिछाने

Himali Patrika 1 मिनेट पढाइ

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सिजनको बिग ब्यास लिगको आफ्नो पाँचौ खेलमा पनि विकेटविहीन भएका छन्। शुक्रबार मेलवर्न स्टार्सविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले चार ओभर बलिङ गर्दा विकेट लिन सकेनन्। उनले ३२ रन खर्चिए। उनले ७ बल डट फ्याँक्दा १ चौका र २ छक्का दिए। सन्दीपले १०औं ओभरमा १९ रन खर्चिएका थिए। यो ‌ओभरमा महँगो सावित बनेका सन्दीपले २ छक्का र १ चौका दिए।

सन्दीपको बलमा मेलवर्नका जोए क्लार्कले आक्रामक ब्याटिङ गर्दै २ छक्का र १ चौका हिर्काए। बाँकी ओभरमा भने सन्दीपले बाउन्ड्री दिएनन्। त्यसअघि छैटौं ओभरमा सन्दीपले ग्लेन म्याक्सवेलको क्याच ‘मिस’ गरेका थिए। होबार्टमा भएको खेलमा घरेलुु टिम हरिकेन्सले २४ रनको जित हात पार्यो। पहिले ब्याटिङ गरेको हरिकेन्सले ६ विकेटको क्षतिमा १८० रन जोड्यो। जवाफी ब्याटिङ गरेेको मेलवर्न ९ विकेटको क्षतिमा १५६ रन मात्र जोड्न सक्यो।

जारी सिजनमा सन्दीपले पाँच खेल खेल्दा दुई विकेट मात्र लिन सफल भएका छन्। पर्थविरूद्धको अघिल्लो खेलमा पनि सन्दीप विकेटविहीन बनेका थिए। सो खेलमा उनले ४० रन खर्चिएका थिए।

यसअघि सन्दीपले पहिलो खेलमा सिड्नी सिक्सर्सविरूद्ध १ विकेट लिँदा २४ रन खर्चिएका थिए। दोस्रो खेलमा भने सन्दीप अभागी सावित बनेका थिए। सिक्सर्सविरुद्धकै दोस्रो खेलमा सन्दीपको बलमा तीन क्याच र एक स्टम्पपिन छुटेको थियो। जसका कारण सन्दीपले २४ रन दिँदा विकेटविहीन बनेका थिए। पर्थविरूद्धको तेस्रो खेलमा सन्दीपले एक विकेट लिएका थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।