रोनाल्डोले साउदीमा पुरा गरे करियरको ६१ औं ह्याट्रिक

रोनाल्डोले साउदीमा पुरा गरे करियरको ६१ औं ह्याट्रिक

काठमाडौं । क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गर्दा साउदी प्रो लिगमा अल नासरले अल वेहदालाई ४-० ले पराजित गरेको छ ।अल नासरका लागि पहिलो गोल गरेसँगै रोनाल्डोले लिग फुटबलमा ५०० औं गोल समेत पूरा गरे । चार दिनअघि मात्रै ३८औं जन्मदिन मनाएका रोनाल्डोले पाँच फरक देशका लिग खेल्दा कूल ५०३ गोल गरेका हुन् ।

अल नासरका लागि रोनाल्डोले २१औं, ४०औं र ५३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने ६१औं मिनेटमा चौथो गोल गरेका थिए ।रोनाल्डोले लिगमा रियल मड्रिडका लागि सर्वाधिक ३११ गोल गरेका छन् ।

यस्तै म्यानचेष्टर युनाइटेडका लागि १०३, युभेन्ट्सका लागि ८१, स्पोर्टिङ लिस्वनका लागि ३ र अल नासरका लागि ५ गोल गरेका छन् । रोनाल्डोले करियरको ६१औं ह्याट्रिक पनि पूरा गरे । उनले रियलका लागि सर्वाधिक ४४ ह्याट्रिक गर्दा पोर्चुगलको लागि १० ह्याट्रिक गरेका छन् ।

Europass CV in Nepal

म्यानचेष्टर युनाइटेड र युभेन्ट्सबाट समान ३ ह्याट्रिक गर्दा अल नासरबाट पहिलो ह्याट्रिक गरेका हुन् । अल नासर जितपछि १६ खेलबाट ३७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । १७ खेलबाट समान ३७ अंक नै जोडेको अल शाबब गोल अन्तरमा पछि छ ।

 

Europass CV in Nepal