मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

नेपालले नामिबियालाई हराएसंगै थुप्रै कीर्तिमानहरू पनि बने

Himali Patrika 1 मिनेट पढाइ

नामिबियाले दिएको २८६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ४८औैँ ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको हो‍।नेपालको यो जितमा थुप्रै कीर्तिमानहरू पनि बनेका छन्।नेपालले एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो स्कोर पछ्याएर हात पारेको यो पहिलो जित हो। यही खेलमा कप्तान रोहित पौडेलले एकदिवसीय खेलमा १,००० रन पूरा गरेका छन्।

यही खेलमा कुशल भुर्तेलले एकदिवसीय क्रिकेटमा पहिलो पटक शतक प्रहार गरे भने करण केसीले यही खेलमा पाँच विकेट हात पारे। त्यसैगरी भुर्तेल र कप्तान पौडेलले ओडीआईमा नेपालको तर्फबाट सबैभन्दा बढी १३३ रनको साझेदारी गरे। तेस्रो विकेटका लागि यो जोडीले त्यस्तो कीर्तिमान बनाउने साझेदारी गरेका हुन्।

कीर्तिपुर क्रिकेट मैदानमा मङ्गलवार नेपाललाई जिताउन ओपनर कुशल भुर्तेलको ११५ रन बनाए। नेपालको जितमा कप्तान रोहित पौडेलले बनाएको अर्धशतक पनि महत्त्वपूर्ण रह्यो।

यसअघि माइकल भान लिगेनले सानदार शतक प्रहार गर्दै नामिबियाले घरेलु टोली नेपालविरुद्ध २८५ रनको विशाल स्कोर बनाएको थियो।टस हारेर ब्याटिङ पाएको नामिबियाका लागि भान लिगेनले १३३ रन बनाएका थिए। पूरै ५० ओभर खेल्दै उसले सबै विकेट गुमाएको थियो।

बलिङतर्फ नेपालका लागि करण केसीले पाँच विकेट तथा राष्ट्रिय टोलीमा फर्किएका सन्दीप लामिछानेले तीन विकेट लिएका थिए।त्यस्तै सोमपाल कामी र कुशल मल्लले एक-एक विकेट लिए।

सुरुमा विकेटका लागि सङ्घर्ष गरिरहेका तीव्र गतिका बलर करण केसीले अन्ततः पाँच विकेट लिन सफल भए।खेलको ४० औँ ओभरमा आफ्नो पहिलो विकेट लिएका उनले खेलको अन्तिम ओभरमा पाँचौँ विकेट हात पारे।इनिङ्सको अन्तिम बलमा बर्नार्ड स्कोल्ट्जलाई कप्तान रोहित पौडेलको हातबाट क्याच-आउट गराएसँगै उनको पाँच विकेट पूरा भएको थियो।

करण केसीले विश्वकप क्रिकेट लीगमा पाँच विकेट लिएको यो तेस्रो पटक हो।यसअघि अमेरिकामा खेलेको लीग-२ शृङ्खलामा ओमानविरुद्ध खेलेको दुवै खेलमा ५-५ विकेट लिएका थिए।

सन् २०१८ मा फेब्रुअरी १४ कै दिन उनले नवौँ खेलाडीका रूपमा मैदानमा प्रवेश गर्दै क्यानडाविरुद्ध हार निकट पुगिसकेको अवस्थामा अविश्वसनीय प्रदर्शन गर्दै नेपाललाई जित दिलाएका थिए।

उनले ३१ बलमा ४२ रन बनाएपछि पाएको उक्त जितसँगै नेपालले एकदिवसीय मान्यता पायो भने टोली विश्वकप क्वालिफायरमा छनोट भएको थियो।मध्यक्रममा प्रभावशाली प्रदर्शन गरेका नेपाली कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन्।

५५ रन बनाएपछि पौडेलको एक हजार रन पूरा भएको हो। यससँगै उनी ओडीआईमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।यसका लागि पौडेलले ३३ खेल खेल्दै एउटा शतक र ६ वटा अर्धशतक प्रहार गरेका छन्। ओडीआईमा नेपालका लागि सर्वाधिक रन बटुलेका उनको उच्च स्कोर १२६ रन छ।

 

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।