मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

स्कटल्यान्डविरुद्ध नेपालले लियो तेस्रो विकेट

Himali Patrika 1 मिनेट पढाइ

आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले तीन विकेट लिएको छ। नेपालका लागि तीनै विकेट सन्दीप लामिछानेले लिएका छन्। सन्दीपले अर्धशतक प्रहार गरेका जर्ज मन्जीलाई १३.५ ओभरमा ६० रनमा बोल्ड गर्दा क्रिस्टोफर म्याकब्राइडलाई लगत्तैको बलमा एलबिडब्लूको धरापमा पारे। त्यसअघि उनले केल कोइटजरलाई पनि २२ रनमा एलबिडब्लूको धरापमा पारेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १५ ओभरमा ३ विकेट गुमाउदा ९३ रन जोडेको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्।

नेपाली टिम : रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेटकिपर), करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल।

सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो। नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो। यस्तै नेपालले स्कटल्यान्डलाई हराएको थियो। लिग-२ मा नेपाल २७ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा छ। बाँकी ९ खेल खेल्नुअघि नेपाललाई लिग-२ को शीर्ष तीनमा पारेर विश्वकप छनोटमा पुग्न पर्ने चुनौती छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।