मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

करण केसी मैदानमा आएपछि जितिन्छ भन्ने ढुक्क भएँ : कप्तान पौडेल

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको खेलमा स्कटल्याण्डविरुद्ध नेपाललाई जिताउन नट आउट ९१ रन बनाएका कप्तान रोहितकुमार पौडेलले दशौं नम्बरमा ब्याटिङमा आएका करण केसीसँग केही पार्टनरसीप बनेपछि अब जित्छौं भनेर आत्मविश्वास बढेको बताएका छन् ।

उनले ५–६ विकेट गुमाउँदासम्म जित्ने विश्वास रहे पनि त्यसपछि लगालग विकेट गएपछि के हुने हो भन्ने दबाव परेको सुनाए । तर ८ विकेट गुमाएपछि ब्याटिङमा आएका करण केसीसँगको साझेदारी जमेपछि आफूमा जितिन्छ भनेर विश्वास बढेको उनले बताए । १३८ रनमा ८ विकेट गुमाएर दबाबमा परेको नेपाललाई कप्तान रोहित र करणले जिताएका थिए । उनीहरुले नटआउट ७५ रनको साझेदारी गरेका थिए ।

‘करण दाइ र मैले एक एक रन बनाउ र जितौं भनेर योजना बनाइरहेका थियौं,’ नेपाललाई चौका हानेर जिताएका उनले भने, ‘उसले (बलर) खुट्टामा बल फाल्दियो, त्यो बल चार रन भयो, अनि धेरै रिलिफ भयो ।’

खेल सकिन ३५ बल बाँकी छँदै २१३ रनको लक्ष्य भेट्टाउने क्रममा नट आउट ९१ रन बनाएका रोहितले भने, ‘ओभर टन्नै थियो, त्यसैले एक एक रन बटुलेर पनि जित्नु पर्छ भनेर खेलेका थियौं ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।