मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

गलत उदाहरण पेस गर्दै स्कटल्यान्डका खेलाडी, सन्दिपसंग आज पनि हात मिलाउन मानेनन्

Himali Patrika 1 मिनेट पढाइ

स्कटल्यान्डका क्रिकेट खेलाडी खेलाडीहरुविच हुने सदभावमा गलत उदाहरण पेस गरेका छन्। उनीहरुले व्यवहार हेर्दा खेलमा राजनैतिक गर्न खोजेजस्तो देखिन्छ। स्कटल्यान्डका क्रिकेट खेलाडीले मंगलबारको भएको खेलमा पनि सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार  मानेनन् ।

खेलपछि दुबै देशका अरू खेलाडी र अफिसियलले हात मिलाएर हार्दिकता साटे पनि नाबालिग बलात्कारको आरोप लागेका सन्दीपसँग भने स्कटल्यान्डका खेलाडीले हात मिलाएनन्। स्कटल्यान्डका अफिसियलले भने सन्दीपसँग आज हात मिलाए । यसअघि गत शुक्रबार पनि स्कटल्यान्डका खेलाडी र अफिसियलले सन्दीपसँग हात मिलाउन अस्वीकार गरेका थिए।

आइतबार सेतोपाटीसँग इमेल वार्ता गर्दै क्रिकेट स्कटल्यान्डका सञ्चार प्रमुख चार्ल्स प्याटर्सनले शुक्रबारको खेलपछि आफ्ना खेलाडी तथा अफिसियलले पूर्वनिर्धारित निर्णयअनुसार सन्दीपसँग हात नमिलाएको बताएका थिए।

‘शुक्रबारको खेलपछि स्कटल्यान्डका खेलाडी र अफिसियलले सन्दीप लामिछानेसँग हात नमिलाएको कुरा म पुष्टि गर्न सक्छु,’ उनले भने, ‘एक टोलीको र एक प्रशासनिक निकायको रूपमा क्रिकेट स्कटल्याण्ड आधुनिक समाजमा कुनै स्थान नभएका सबै प्रकारका दुर्व्यवहारविरूद्ध दृढ रूपमा उभिन्छ। कुनै देशको टिममा कुनै खेलाडीलाई राख्ने/नराख्ने विषय आइसिसी र नेपाल क्रिकेट संघको हो।’

नाबालिग बलात्कारको अभियोग लागेका सन्दीपसँग म्याचअघि र पछि आफूहरूले गर्ने व्यवहारका विषयमा क्यानसँग इमेल कुराकानी नभएको पनि प्याटर्सनले उल्लेख गरे। नेपालले शुक्रबार स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेपछि सन्दीप र स्कटल्यान्डका खेलाडीले हात मिलाएका थिएनन्।ड्रेसिङ रूममा स्कटिस खेलाडीले हात नमिलाएपछि सन्दीप यो विषयमा पहिले नै जानकार थिए।

बलात्कारको अभियोगका बीच टिममा फर्किएका सन्दीपको विषयमा यसअघि क्रिकेट स्कटल्यान्डलाई प्रश्न गरिएको थियो। जसमा क्रिकेट स्कटल्यान्डले आफूहरु सन्दीपको कानुनी स्थितिबारे जानकार रहेको बताएको थियो।

सन्दीपमाथि नाबालिग बलात्कारको अभियोगको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। बलात्कारको अभियोग लागेका सन्दीपलाई नेपाली राष्ट्रिय टिममा समावेश गरेको भन्दै क्यानको आलोचना भइरहेको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।