मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

स्कटल्याण्डका प्रशिक्षकले दिए सन्दिपसंग हात नमिलाउनुको कारण

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल आएको स्कटल्याण्ड नेपालसँगका दुवै खेल हारे पनि च्याम्पियन बनेको छ । क्रिकोणत्मक शृंखलामा नामिबियासँगका दुवै खेल जितेको स्कटल्याण्ड लिग टूका ३६ खेलमा ५० अंक जोड्दै च्याम्पियन बनेको छ । तर उसले लिग टू जितेको भन्दा पनि नेपाली बलर सन्दीपसँग हात नमिलाएको घटना नेपाली सञ्चार माध्यममा मात्र नभएर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि हेडलाइन बने ।

नेपालसँगका दुवै खेलपछि स्कटल्याण्डले नाबालिग बलात्कारको आरोपी लागेका सन्दीपसँग हात मिलाएन । पहिलो खेलमा हात नमिलाएपछि यसबारेमा कुराकानी नगर्ने बताएको स्कटल्याण्ड टोलीले शृंखलाका खेल सकिएपछि भने मुख खोलेको छ ।

स्कटल्याण्डका क्रिकेट प्रशिक्षक शेन बर्गरले नेपाली पक्षलाई पूर्व जानकारी गराएरै बलर सन्दीप लामिछानेसँग हात नमिलाएको स्पष्ट पारेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालसँगको खेलपछि बर्गरले पत्रकारसित कुरा गर्दै आफूहरुले कुनै पनि हिंसालाई समर्थन नगर्ने बताए । उनले सोसाइटीमा रोल मोडल भइसकेको व्यक्तिले आफूले के गर्ने भनेर विचार गर्नुपर्ने बताए ।

राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौ २०७८ मा एक किशोरीले प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी थिइन् । त्यसपछि पक्राउ परेका लामिछानेलाई प्रारम्भिक सुनुवाइबाट पुर्पक्षका लागि थुनामा पठाइए पनि उच्च अदालत पाटनले कडा शर्तहरुसहित २८ पुसमा रिहा गर्न आदेश दिएको थियो । तर, अदालतबाट मुद्दा छिनोफानो नभइ लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको भन्दै विरोध भएको थियो ।

यसबारेमा महिला अधिकारकर्मीले स्कटल्याण्डको धारणा माग गरेपछि स्कटल्याण्ड क्रिकेटले यसअघि नै आफूले कुनै पनि प्रकारका दुर्व्यवहारलाई समर्थन नगर्ने बताउँदै सन्दीपलाई टिममा राख्ने बारेमा नेपाल क्रिकेट संघ क्यान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विचार गर्नु पर्ने बताएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।